सर्वोच्च अदालतको आदेशमा रिहा भए ज्ञानेन्द्र शाही

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ २४, शुक्रबार) १६:४७

सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका सामाजिक अभियन्ता  ज्ञानेन्द्र शाही रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछी शाही रिहा भएका हुन् ।

गत बैशाख १८ गते सुर्खेतमा नेपालका लागि नेपाली राष्ट्रिय अभियानले गरेको कार्यक्रममा पत्रकार अनुपस्थित भएपछि शाही आक्रोशित भएका थिए । भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले त्यसबेला  गालीगलोज गर्दै पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भनेका थिए । उनले त्यसबेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितका सरकारी अधिकारीहरुले गरेको भ्रष्टाचारमा पत्रका संलग्न रहेको आरोप भिडियोमार्फत् लगाएका थिए। त्यो आरोप लागेपछि पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती र कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापासहितले शाहीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो। प्रहरीले शाहीलाई सुर्खेतबाट पक्राउ गरी बसमा राखेर यातना दिँदै ल्याएको आरोप लागेको थियो। उनको केही दिन वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले शाहीलाई कुनै यातना नदिएको बताउँदै सुर्खेतमा भएको झडपमा परेर उनी घाइते भएको बताएका थिए।

शाहीविरुद्ध पत्रकारहरुले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।तर प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो।  वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीका अनुसार, शाहीलाई पक्राउ गरेर काठमाडौं ल्याइएपछि उनको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए।

 

 

 

 


(२०७६ जेष्ठ २४, शुक्रबार) १६:४७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना