प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेकी बालिकालाई आर्थिक अभाव, यार्सा टिप्न लागिन उच्च हिमाली क्षेत्रतिर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ २१, मंगलवार) ११:३१

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी उनले आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन्।

२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारेर ८ वर्षीया लामालाई कक्षा १ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए। लामाको अभिभावकत्व प्रधानमन्त्री ओलीले लिएपछि उनको पठनपाठन तथा दैनिक दिनचर्यामा परिवर्तन आउने अपेक्षा उनका आफन्त र छिमेकीले लिएका थिए। तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा पुगेकाे एक महिनामै थप खर्च जुटाउनुपर्ने बाध्यता आएको हो।

लामाजस्तै गएको अघिल्लो बैशाख १ गते नै प्रधानमन्त्रीपत्नी राधिका शाक्यले अभिभावकत्व ग्रहण गरी भर्ना गरेकी छिरिङ छोङजुम लामा पनि पढाई तथा अतिरिक्त खर्च जुटाउन यार्सा संकलन गर्न हिमाली क्षेत्र पाटन गएकी छिन्।

आर्थिक समस्याका कारण पठन पाठनमा समस्या परेको भन्ने समाचार आएपछि प्रधानमन्त्री ओलीले जिल्ला प्रशासन कार्यालयमार्फत १० हजार नगद पठाएका थिए।

 


(२०७६ जेष्ठ २१, मंगलवार) ११:३१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro