ट्राफिक प्रहरीसँग विवाद पछि राष्ट्रिपतिको सवारीमा अवरोध पुर्याएको आरोप : छ जना पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ १५, बुधबार) १६:४०

ट्राफिक प्रहरीसँग विवाद गरेपछी राष्ट्रिपति विद्यादेवी भण्डारीको सवारीमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

बा ६८ प २९३९ का चालक बालाजु बस्ने २७ वर्षीय सुजन श्रेष्ठ, बा६९प १३६९ का स्वयम्भू बस्ने २१ वर्षीय रोशन बुर्लाकोटी, प्रदेश नं. ३, ००६ प ६८३५ नम्बरको स्कुटीका चालक बालाजु बस्ने २५ वर्षीय सुजन केसी र बा६१प ६८६६ नम्बरको मोटरसाइकलका चालक नयाँ बजार बस्ने २७ वर्षीय नारायण थापालाई सवारीसाधनसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

राष्ट्रपति भण्डारीको टुँडिखेलमा आयोजित १२ औँ गणतन्त्र दिवस समारोहमा सहभागिताका लागि भएको सवारी सकिएपछी उनीहरुले राष्ट्रपतिको सवारी भइसकेका कारण जाम खुलाउनु प¥यो भनि माग गरेका थिए । आफुहरुसंग विवाद भएपछी  ट्राफिक प्रहरीले काठमाण्डौको लैनचौर तर्फबाट केशरमहल चोकमा आउँदै गरेका उनीहरुलाई “राष्ट्रपति विद्या भण्डारीको टुँडिखेलमा आयोजित १२ औँ गणतन्त्र दिवस समारोहमा सहभागिताका लागि भएको सवारीका क्रममा अवरोध पुर्‍याएको” आरोप लगाएको छ ।


(२०७६ जेष्ठ १५, बुधबार) १६:४० मा प्रकाशित

Exchange Rate

Nepali Patro