तिर्थराज घिमिरेको हत्याविरुद्ध ने.क.पा.द्वारा संघर्षको घोषणा, हत्याको बदला जनताले उचित समयमा लिने बिप्लवको उद्घोष

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ९, बिहीबार) १२:१५

सरकारले दोहोरो भिडन्तमा भोजपुरका तिर्थराज घिमिरेको मृत्यु भएको दाबी गरे पनि बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता घिमिरेलाई “नियन्त्रणमा लिएर हत्या गरेको” आरोप लगाएको छ ।

हत्याको दुईदिनपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आरोप लगाएका हुन् । उनले “त्यस जघन्य हत्याको बदला जनताले उचित समयमा लिने” उद्घोष पनि गरेका छन् । युवा संगठनका नेता घिमिरेलाई नियन्त्रणमा लिएर हत्या गरेको थाहा पाएर आक्रोशित बनेका ने.क.पा. महासचिव बिप्लवले बुधबार विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा पनि गरेका छन् ।

ने.क.पा.ले गोशाना गरेको चरणबद्ध आन्दोलन अन्तरगत बैशाख १० र ११ गते सरकारी हत्याहिंसाविरुद्ध देशभर भण्डाफोर एबम कोणसभा हुनेछन भने १२ गते देशव्यापी मसाल जुलुस  प्रदर्शन हुनेछ र १३ गते नेपाल बन्द हुनेछ ।

सांगठनिक कामको सिलसिलामा रहेका युवा संगठनका नेता तीर्थराज घिमिरे ‘क.राजु’लाई प्रहरीले मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा  केपी-ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति महासचिव बिप्लवले विज्ञप्तिमार्फत घोर आपत्ति जनाएका छन् ।

“हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् ।” भन्दै बिप्लवले विज्ञप्तिमार्फत “केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको” आरोप लगाएका छन्  । जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध आफ्नो पार्टीले  प्रतिरोध गर्नुको विकल्प नरहेको जिकिर उनको छ ।

उनले केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्ना आव्हान गर्दै तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग पनि गरेका छन् ।

‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारकाविरुद्ध देशव्यापी सबै क्षेत्रबाट जनआक्रोश  बढिरहेको अबस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको जिकिर गर्दै विज्ञप्तिमार्फत “सरकारविरुद्ध  पैदा भएको आक्रोसलाई न्युनिकरण गर्न र  आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’ भनिएको छ ।


(२०७६ जेष्ठ ९, बिहीबार) १२:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro