चोरीको आरोपमा सैनिक जवानलाई पोलमा बाँधेर कुटपिट गर्दा मृत्यू

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ३, शुक्रबार) १५:३०

चोरी गरेको आरोप लगाएर विजुली पोलमा बाँधेर कुटपिट गरिएका एक सैनिक जवानको मृत्यु भएको समाचार छ ।

स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते सखुवासभाको बरादलमा कार्यरत सैनिक जवान सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो ।

सैनिक जवान सिंहलाई उनकै वडास्थित तेनुवापट्टी गाउँका विरेक्षण यादबको घरमा चोरी गरेको आरोपमा विजुलीको पोलमा बाँधेर कुटपिट गरेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

बैशाख २८ गते शनिवार राती १२ बजे आधारभुत प्राथमिक विद्यालय पुर्व उतरमा रहेको कलबको घरस्थित विजुली पोलमा बाधिएर भएको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते ४ बजे छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट मृत्यु भएको विरोधमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार स्थानीयहरुले सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए ।

सडक अबवरुद्धको साथ साथै प्रहरी समेत मुखदर्शक बनेको भन्दै ईलाका प्रहरी कार्यालय बरिषरपट्टीलाई समेत घेराबन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि जिल्लाबाट र ईलाकाबाट आएका प्रहरी र स्थानीय बिच ३ वुंदे छलफल भएर घेरावन्दी र सडक अवरोध खोलाइएको थियो ।

छलफल बुदांहरुमा मुकदर्शक बनेका प्रहरीलाई कार्वाही , दोषीलाई हदैसम्मको कार्वाही, तीन दिनभित्र अपराधीलाई पक्राउगरी कार्वाही अगाडी बढाउने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले जनाए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यता, उक्त घटनापश्चात चोरीको आरोप लगाउँदै जाहेरी दिएका विरेक्षण यादवको घरमा ताल्चा लागेको छ । त्यहाँका बासिन्दा त्यस घटना बारे केही बोल्न सक्ने अबस्थामा छैनन् । यतिबेला गाउँमा पुरुषहरुको संख्यामा पनि कमी देखिएको छ । घटनास्थल नजिकैका घरहरुमा पुरुषहरु नै थिएनन् । महिलाहरुले केही बताउन नै चाहेनन् ।


(२०७६ जेष्ठ ३, शुक्रबार) १५:३० मा प्रकाशित

Exchange Rate

Nepali Patro