पाकिस्तानको पाँच तारे होटलमा बन्दुकधारीद्वारा आक्रमण

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ बैशाख २९, आईतवार) २०:५०

पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर शहरस्थित एउटा पाँचतारे होटलमा बन्दुकधारीले आक्रमण गर्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

होटल पर्ल कन्टिनेन्टलमा प्रवेश गरेका पृथकतावादी संगठन बलोचिस्तान लिबरेसन आर्मीका तीन बन्दुकधारीले आक्रमण गरेका हुन् । बन्दुकधारीलाई रोक्न खोज्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।

रमजानको बिदाका कारण होटलमा पाहुना भने नभएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । कर्मचारी पनि कम भएका कारण ठूलो मानवीय क्षति नभएको बताइएको छ ।

बन्दुधकारी भित्र प्रवेश गरेपछि सुरक्षाकर्मीले होटललाई घेरा हालेर नियन्त्रणमा लिएका छन् । घटनाको जिम्मेवारी लिवरेसन आर्मी संगठनले लिएको छ । सामाजिक सञ्जालमार्फत सो संगठनले चीन र विदेशीलाई निशाना बनाउन आक्रमण गरिएको जनाएको छ ।

उसले चीन र पाकिस्तानमा अरु आक्रमण गर्ने चेतावनी पनि दिएको छ ।

बलोचिस्तानको स्थानीय पृथकतावादी संगठनले चिनियाँ गतिविधिको विरोध गर्दै आएको छ । सो संगठनले गत महिना पनि ग्वादरमा आक्रमण गरी ११ सुरक्षाकर्मीसहित १४ जनाको हत्या गरेको थियो ।

पाकिस्तानको सबैभन्दा गरिब र कम विकसित प्रान्त बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी अभियान जारी छ । ग्वादर चीन र पाकिस्तानबीचको इकोनोमिक करिडोरको मुख्य केन्द्र हा, जहाँ चीनका कयौं इन्जिनियर र कर्मचारी रहेका छन् । (एजेन्सी)


(२०७६ बैशाख २९, आईतवार) २०:५० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro