हिन्दु परम्परा अनुसार संस्कार नगरेको भन्दै कविरापन्थी धर्म मान्ने यादव परिवारलाई सामाजिक वहिष्कार, गाउँबाटै बिस्थापित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ बैशाख २७, शुक्रबार) ०८:४०

 

हिन्दु परम्परा अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि कविरापन्थी धर्म मान्ने बाराको एक परिवार गाउँ छोड्न बाध्य भएको छ।

कविरापन्थी धर्म मान्ने बाराको सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका ६१ वर्षीया अनुठा यादवको वैशाख १५  गते हृदयघातका कारण उपचारका क्रममा कलैया अस्पतालमा निधन भएको थियो।

६१ वर्षीया अनुठाको निधनपछि उनका दुई छोरा अवधेश र पप्पुले आफ्नो घरपरिवारले अपनाउर्दै आएको कविरापन्थी धर्म अनुसार सात दिनमै किरियाकर्म सकेका थिए। बुबाको अन्त्येष्टिमा दुवै छोराले कपाल खौरिएका थिएनन्।

बुवाको काजकिरिया सामाजिक परम्परा र हिन्दु धार्मिक रीतिरिवाज अनुसार नगरेपछि गाउँका अगुवाले गाउँमा भेला गरेर सामाजिक बहिष्कार गर्ने उर्दी जारी गरेर परिवारलाई नै सामाजिक बहिष्कार गर्ने निर्णय गरेका थिए । स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुन्सी यादव, वैद्यनाथ गिरी, श्री निवास बरै, रामाधार राउत सहितकाले गाउँले बोलाएर परिवारलाई सामाजिक बहिष्कार गर्न उर्दी जारी गरेको अधवेशले बताए। गाउँले भेला भएर सामाजिक बहिष्कार गर्ने उर्दी जारी भएपछि परिवार नै गाउँ छोड्न बाध्य भएको उनको भनाई छ । यादव परिवार अहिले हेटौंडाको कमानेमा बस्दै आएको छ।

‘मेरो बुबाले ५० वर्षदेखि कबिरापन्थी धर्म अपनाउदै आउनु भएको थियो’, अवधेशले भने, ‘बुबाकै इच्छा अनुसार हामी दुई दाजुभाइले अन्त्येष्टिका दिन कपाल खौरिएनौँ, १३ दिने करिया पनि बसेनौँ।’

आफ्नो परिवारसँग अ‍ैचोपैचो वा बोलचाल गर्ने वा खेतमा मजदुरी गर्न जानेलाई ५० हजार आर्थिक दण्ड गर्ने उर्दी पनि उनीहरुले जारी गरेको अवधेशको भनाइ छ।

गाँउको भेलाले नै सामाजिक बहिष्कार गरेपछि अवधेशको परिवार गाउँको घर र सेलर मिलमा ताल्चा लगाएर गाउँबाट विस्थापित भएको हो।
हेटौंडाको कमानेमा पहिलेदेखि नै अवधेशको कुखुराको दानाको कारोबार छ।

उनको नौ जनाको परिवार नै विस्थापित भएको कान्छ भाइ पप्पु यादवले जानकारी दिए। सामाजिक बहिष्कार गरिएको यादव परिवारसँग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा ५० हजार दण्ड गर्ने निर्णय अगुवाले गरेको भन्दै स्थानीय ५५ वर्षीय दुर्गा यादवले भने, ‘त्यही डरले गाउँका कुनै पनि व्यक्ति सानो होस् वा ठूलो उमेरको, कोही पनि यादवको खेतमा मजदुरी गर्न जान छाडेका छन्।’

गाउँका अगुवाले सामाजिक बहिष्कार गरेपछि जिल्ला प्रशासन कार्यालयमा गुनासो लिएर पुग्दा पनि कुनै सुनुवाइ नभएको अवधेशकी आमा विन्दादेवी यादवले बताइन्।

‘सिडिओ साबले वडामै गएर मिलाउ वा पत्रकार सम्मेलन गर भनेर जवाफ फर्काउनु् भयो’, विन्दा देवीले भनिन् ,‘गाँउमा वडा अध्यक्षलाई पनि भेटेर कुरा राख्न खोजे तर उनले पनि हाम्रो पीडा सुन्नै चाहेनन्।

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले गाउँका मानिसले सामाजिक बहिष्कार गर्नु गलत भएको भन्दै आफूले यस घटनालाई गम्भीर रुपमा लिएको जवाफ दिए।

यस क्षेत्रका सांसद रामसहाय यादवले धर्मको नाममा सामाजिक बहिष्कार गर्नु कानुनको उल्लंघन भएको भन्दै त्यसमा संलग्नलाई कार्बाही गर्न स्थानीय प्रशासनसंग आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले भने स्थानीय गाउँपालिका र वडाका जन्रतिनिधीले घटनालाई बुझेर मिलाउनुपर्ने बताए।


(२०७६ बैशाख २७, शुक्रबार) ०८:४० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro