रोयटर्सका दुई पत्रकार रिहा

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ बैशाख २४, मंगलवार) १९:३५

म्यानमारमा समाचार संकलनकाक्रममा पक्राउ परेका ‘रोयटर्स’का दुईजना संवाददाता रिहा भएका छन् ।

सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका लो र क्याव नाम गरेका संवाददाताहरु ५०० दिनपछि रिहा भएका हुन् ।

म्यानमारमा रोहिंग्या मुस्लिम समुदायकाबारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो भने गत सेप्टेम्बरमा सात वर्षको जेल सजाय तोकिएको थियो ।

रोयटर्सले भने पक्राउ गरिएका दुवै संवाददातालाई तत्काल रिहा गर्न माग गर्दै आएको थियो । पक्राउको विश्वव्यापीरुपमा विरोध भएको थियो ।

रिहा भएका दुवैजनाले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् । (एजेन्सी)


(२०७६ बैशाख २४, मंगलवार) १९:३५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro