ने.क.पा.का सेती ब्यूरो सचिव शाहसहित तीन जना पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ बैशाख १४, शनिबार) ०५:५८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सेती ब्यूरो सचिव डबल शाह (भगत सिंह)लाई धनगढी उप–महानगरपालिका एलेनचोकस्थित  बसपार्कको एक होटलबाट शुक्रबार पक्राउ गरेको छ ।

बाजुराको बुढीगंगा-४ स्थायी घर भएका पूर्वसांसद् समेत रहेका शाहलाई पार्टीको लेटरप्याड तथा कागजजातसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनलाई राजद्रोहको मुद्दा लगाएर अदालतमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी कैलालीको टिकापुर नगरपालिकाबाट नगर इन्चार्ज धर्ति र सेक्रेटरी पूर्ण खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले आफ्ना नेता तथा कार्यकर्तालाई विनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् र तुरुन्त रिहाइको मागसमेत गरेका छन् । रिहाइ नगरे सरकार विरुद्ध कडा भन्दा कडा संघर्षमा उत्रने मल्लले चेतावनी दिएका छन् ।

सरकारले गत फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कैलालीमा १३ जना पक्राउ परिसकेका छन्।


(२०७६ बैशाख १४, शनिबार) ०५:५८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro