फोन ह्याङ हुन्छ ? थाहा पाइराख्नुस् यी ५ टिप्स

संबाददाता : सागर गिरी     प्रकाशित मिति: (२०७६ बैशाख ७, शनिबार) १४:२६

यदि तपाइँको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाइँले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।

टिप्स नम्बर १:
यस्ता फाइल र फोल्डर जसको प्रयोग कम हुन्छ यस्तालाई क्लाउड स्टोरमा स्टोर गर्नुस् । यसो गर्दा मोबाइलको इन्टरनल मेमोरी खाली रहन्छ । क्लाउड स्टोर भर्चुअल ड्राइभ जस्तै हो यसमा तपाइँ आफ्नो डाटा सेभ गर्न सक्नु हुन्छ । गुगल ड्राइभ, वन ड्राइभ र ड्रप बक्स क्लाउड स्टोरेज एप्लिकेशन प्रयोग गरेर मोबाइलको मेमोरी कम गर्न सकिन्छ ।

टिप्स नम्बर २:
फोन ह्याङ हुने सबैभन्दा मुख्य कारण इन्टरनल मेमोरी हो । जव फोनको इन्टरनल मोमरी वा र्‍याम कम हुन्छ अनि फोन ह्याङ हुन्छ । यसका लागि तपाइँले स्मार्टफोनमा एक्सप्याण्डल मेमरीको अप्सनमा गएर त्यहाँ भिडियो, पिक्चर आदि सेभ गर्न सक्नु हुन्छ । जुन एप्लिकेशन प्रयोग हुँदैन त्यस्तो एप्लिकेशन हटाइदिनुस् । यसले फोन ह्याङ हुने समस्या कम गर्छ ।

टिप्स नम्बर ३:
हरेक स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेट अप्सन हुन्छ । फ्याक्ट्री रिसेट गर्दा फोनको ह्याङ हुने समस्या समाधान हुन्छ । तर त्यसो गर्न अघि फोनको डाटा ब्याकअप गर्न नभुल्नुस् ।

टिप्स नम्बर ४:
फोनबाट त्यस्ता सबै चिज डिलिट गरिदिनुस् जुन तपाइँलाई आवश्यक छैन । त्यति मात्र होइन फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुस् यहाँ क्यास डाटा (Cache data) को विकल्प आउँछ त्यहाँ गएर क्लियर डाटा गर्नुस् । समय समयमा यस्तै गर्नुस् ।

टिप्स नम्बर ५:
फोनमा गीत, भिडियो, तस्वीर र अन्य डाटा एक्सटर्नल मेमरीमा सेभ गर्नुस् । तपाइँले एक्सटर्नल मेमरीलाई डिफल्ट राख्नु भयो भने सेभ हुँदा त्यसमै हुन्छ ।
इन्टरनल मेमरीको धेरै भाग खाली राख्दा फोन ह्याङ हुने समस्या कम हुन्छ ।


(२०७६ बैशाख ७, शनिबार) १४:२६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro