नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको छ : बिप्लव, महासचिव, ने.क.पा.

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ बैशाख ६, शुक्रबार) ००:१६

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् ।

आफ्ना नेता, कार्यकर्ता पक्राउको विरोधमा बिहीबार आयोजना गरिएको नेपाल बन्द सकिएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका हुन् ।

महासचिव विप्लवले देशको अवस्था दिनानुदिन बिग्रिँदै गएको र सरकारका कारण देश र जनता असाध्यै जोखिममा पर्दै गएको कुरा उल्लेख गर्दै नयाँ संर्घषमा एक भएर लाग्नुपर्नेमा जोड दिए। महासचिव विप्चवले आन्दोलनका लागि एकजुट भएर बढ्न अाग्रह गर्रदै विज्ञप्तिमा अघि भनिएको छ, ‘ यो सरकारले जनघात र राष्ट्रघातलाइृ झनै बढाएर गएकाे छ । जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको छ।’

मुलुकको रक्षाका लागि आफू नेतृत्वको नेकपाले निरन्तर आन्दोलन गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमार्फत बिहीबारको बन्द सफल भएको दाबी गरेका छन्।

नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य मोहन कार्की, बसन्त श्रेष्ठ, महिला संगठनकी अध्यक्ष बन्धु चन्दलगायत प्रहरी नियन्त्रणमा छन्।

हेर्रनुस्र विज्ञप्ति


(२०७६ बैशाख ६, शुक्रबार) ००:१६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro