व्यापक दमन र धरपकडका बीच ने.क.पा.को सङ्गठन सुदृढीकरण र विस्तार अभियान – २ समाप्त

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ चैत्र ५, मंगलवार) ०६:१७

सरकारले नेकपामाथि प्रतिबन्ध र नियन्त्रणमा लिएर दमन गरे पनि पार्टीले देशैभरि सङ्गठन सुदृढीकरण र विस्तार अभियान तोकिएकै समयमा सम्पन्न भएको नेकपाका पोलिटब्युरो सदस्य अनिल विरहीले बताएका छन् ।

देशभर सयभन्दा बढी समूह निर्माण गरी यसले जनताको बीचमा जाने, सङ्गठन निर्माण गर्ने कार्य भव्य रूपले सम्पन्न भएको र प्रायः ब्युरोहरूमा समीक्षासमेत भइसकेको उनले बताए ।

माघ १ गतेदेखि देशभर एकसाथ चलेको अभियान सामाजिक फासिवादी सरकारको हस्तक्षेप, घेराबन्दी, धरपकड, नेता–कार्यकर्ताहरूको गिराफ्तारी, जनताको घरघरमा खानतलासी गर्नेजस्ता षड्यन्त्रका बीच पार्टीले प्रभावकारी ढङ्गले सम्पन्न गरेको उनले बताए ।

सबैजसो पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यको नेतृत्वमा चलेको अभियानमा सयौँ जनसङ्गठन निर्माण, जनवर्गीय सङ्गठनहरूको विस्तार, जनभेला, कोणसभा र सभाहरू गरिनुका साथै जनश्रमसहित जनतासगँको सम्बन्ध थप प्रगाढ भएको नेताहरूले बताए ।

देशीविदेशी शक्तिकेन्द्र र दलालहरूको उक्साहटमा प्रतिबन्ध लगाइएको भन्दै नेताहरूले उक्त प्रतिबन्धले पार्टीलाई थप सुढृढ र शक्तिशाली बनाउने दाबी गरेका छन् । प्रतिबन्धसँगै सरकारले सुरक्षा निकाय परिचालन गरेर देशैभर नेकपाका नेता–कार्यकर्ता पक्रिने र हातहतियार, बम विस्फोट, राजद्रोहजस्ता मुद्दा लगाएर लामो समय जेलमा राख्ने नीति लिएको देखिन्छ ।


(२०७५ चैत्र ५, मंगलवार) ०६:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro