टीकापुर हत्याकाण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन २२, बुधबार) १५:१९

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा भए ।

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ ।

जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । लक्षणसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो । १२ जना मध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्नीराम ३० गते थुनामुक्त हुनेछन् ।

अर्का प्रतिवादी करन चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको छ । उनले यो सजाय भुक्तान गरिसकेकाले आजै छुट्ने छन् ।

अदालतले नरुल अलि जाथा भन्ने तहाँवर अली जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीलाई सफाइ दिएको छ ।

यो मुद्दामा अभियुक्तहरुलाई कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँकाचोरीको मुद्दा लगाइएको थियो तर, सबैले डाँकाचोरीतर्फ सफाइ पाएको अदालततको फैसलामा उल्लेख छ ।

०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान,  ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो । ५८ जना प्रतिवादीहरुमध्ये ३१ जना फरार रहेका र २७ जना पुर्पक्षका लागि थुनामा रहेको अदालतको फैसलामा उल्लेख छ । उक्त मुद्धाको फैसलाअनुसार फरार रहेका ३१ जना प्रतिवादीहरुको हकमा मुद्धा मुद्धा मुल्तवीमा रहने ठहर गरेको छ ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । घटनापछि फरार भएका चौधरी कैलाली – १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

 


(२०७५ फाल्गुन २२, बुधबार) १५:१९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित एभिन्यू अपार्टमेन्टमा.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत.....

Exchange Rate

Nepali Patro