कास्कीको रुपा गाउँपालिकाबाट हतियारसहित चार जना गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन २२, बुधबार) ०७:३३

कास्की जिल्लाको रुपा गाउँपालिकाबाट हातहतियार सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तालबेशि बस्ने वर्ष ४८ को डिल बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तिलखोरिया बस्ने वर्ष ४५ को सुरेश गुरुङ र वर्ष ५४ को मन बहादुर थापा मगर छन् ।

उन्नीहरुको साथबाट प्रहरीले दुई थान १२ बोर राईफल र तीन थान भरुवा बन्दुक पनि बरामद गरेको छ । रुपा गाउँपालिका–७ तालवेशी तथा सौर्यवासका विभिन्न ठाउँमा अवैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई गिरफ्तार गरेको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबै जनालाई कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उनीहरु राजनीतिक कार्यकर्ता हुन् या कुनै हतियार कारोवार गर्ने गिरोह हुन् भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन l तर उनीहरु हतियार कारोबार गर्ने कार्यमा संलग्न समूह भएको अनुमान गरिएको छ l


(२०७५ फाल्गुन २२, बुधबार) ०७:३३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro