सरकारी दमनको प्रतिरोध गर्ने महासचिव बिप्लवका दाजु वीरजङ्गको चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन २१, मंगलवार) ०९:५२

नेपाल कम्युनिस्ट पार्टीका पोलित्ब्युरो सदस्य एबम महासचिब विप्लवका दाजु चन्द्रबहादुर चन्द “वीरजङ्ग” ले सरकारी दमन नरोकिए ने.क.पा. प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोका सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आक्रोशित बनेका नेता वीरजङ्गले सरकारी दमनको प्रतिरोध गर्ने  चेतावनी दिएका  हुन् । ने.क.पा. को लुम्बिनी ब्युरो इन्चार्ज समेत रहेका वीरजङ्गले एक प्रेस बिज्ञप्ति  जारी गर्दै  उक्त गिरफ्तारीको घोर निन्दा एवं भत्सर्ना गर्नुका साथै तत्काल रिहा गर्न माग समेत गरेका छन्  ।

“हाम्रा नेताकार्यकर्ताको गिरफ्तारीले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदाङ्गो पारेको छ । कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली–प्रचण्डको पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नाङ्गो बनाएको छ ।” सो बिज्ञप्तिमा अघि भनिएको छ

–‘ हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दुईमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको अवगत नै छ ।

विनाशर्त तत्काल रिहा नगरे कडा सङ्घर्षमा उत्रिने चेतावनी दिदै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ओली–प्रचण्ड सरकार हुने चेतावनी पनि दिएका छन् l

पार्टीको अभियान तथा सांगठनिक कामको सिलसिलामा २०७५ फागुन १९ गते दिउँसो ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले ने.क.पा. लुम्बिनी ब्युरो सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई तम्घासबाट गिरफ्तार गरेको छ ।

 

 


(२०७५ फाल्गुन २१, मंगलवार) ०९:५२ मा प्रकाशित

Exchange Rate

Nepali Patro