ने.क.पा. कास्कीद्वारा जनयुद्धका चार शहीद परिवार सम्मानित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन १४, मंगलवार) २२:३९

दश बर्षे जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेलले शहदत प्राप्त गरेको दिन पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले मंगलबार रुपा गाउँपालिकाको पोलेंगस्थित जनता मा.बिमा एक कार्यक्रम गरी जनयुद्धका क्रममा शहीद भएका चार जना परिवारलाई सम्मान गर्यो ।

सम्मानित हुनेहरुमा शहीद दम्पत्ति कमल भुजेल र सुमित्रा घिमिरेका दाजु सन्तबहादुर भुजेल, शहीद चन्द्रप्रसाद खनालका छोरा सुदिप खनाल, शहीद बिजयराज बास्तोलाकी धर्मपत्नी देबी बास्तोला र शहीद तिर्थ भुजेलको बुबा पूर्ण बहादुर भुजेल रहेका छन् ।

उनीहरुलाई ने.क.पा. गण्डक ब्युरो सदस्य सन्तोष कोइरालाले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्र समेत प्रदान गरेका थिए ।

कमल भुजेललाई जनयुद्धका क्रममा तात्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी स्यांग्जाको  भालुपहाडमा लगी  २०५९ बैशाख १६  गते हत्या गरेको थियो भने उनकी धर्म पत्नी सुमित्रा घिमिरेले रुपन्देहीको सालझन्डीमा  २०५८ पुष २९ गते शहदत प्राप्त गरेकी थिइन ।

रामकोट माबी सिद्धका तात्कालीन प्रधानाध्यापक चन्द्रप्रसाद खनाललाई सुरक्षा फौजको एक टोलीले २०५८ साल फागुन २१ गते बिद्यालयमा पढाइ रहेका बखत विद्यालयबाटै गिरफ्तार गरी स्यास्त्रीको जंगलमा लगि गोली हानि हत्या गरेका थिए  ।

बिजय बास्तोला सहित तीन जनालाई तात्कालीन शाही नेपाली सेनाको एक टोलीले  २०६१ असार १६ गते कास्की जिल्लाको अर्मलामा नियन्त्रणमा लिई गोली हानि हत्या गरेका थिए  ।

तात्कालीन अबस्थामा नेकपा (माओवादी)को बिशेष सैन्य दस्ता (एसटिएफ) सदस्य समेत रहेका तिर्थ भुजेल लगायतको टोली ०६२ माघ २७ गते पोखराको ड्यामसाइडस्थित होटल स्पोर्ट्सको एक कोठामा बसिरहेका बेला सुरक्षाकर्मीहरुले झ्यालबाट अन्धाधुन्ध गोली प्रहार गर्दा उनी समेतका अन्य सदस्यहरुको मृत्यु भएको थियो ।

सोही अवसरमा ने.क.पा. गण्डक ब्युरो सदस्य सन्तोष कोइरालाले देश र जनताका लागि शाहदत प्राप्त शहीदहरुको सपना पुरा गराई छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए l उनले अब हुने एकीकृत जनक्रान्तिले शहीदका सपाना साकार पार्ने भएकाले सबैले एकपटक एकजुट भएर दलाल सत्ताका बिरुद्ध लड्नु पर्ने आवस्यकता औंल्याए ।


(२०७५ फाल्गुन १४, मंगलवार) २२:३९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको उज्ज्वल भबिस्यको.....

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

Exchange Rate

Nepali Patro