पोखरामा १७ वर्षका युवाले घुमाए गण्डक भरीका प्रहरी,पोखराकि उपमेयर समेत फसिन

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ फाल्गुन १४, मंगलवार) १३:१५

राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको सहसचिव हुँ भन्दै विभिन्न जिल्लामा प्रहरीलाई झुक्काएको भन्दै प्रहरी एक युवालाई पोखरा बाट प्रकाउ गरेको छ सन्देश रम्तेल नामगरेका उमेर १७ वर्षका ती युवाले आफु नेपाल सरकारको सहसचिव भन्दै अपत्यारिलो तथ्यांक पेश गर्दै १ युवा जनप्रतिनिधि र प्रहरीलाई पनि झुक्याउन सफल भएका छन् । जनप्रतिनिधिहरुलाई पनि छक्याउँदै ठग्न सफल उनलाई कास्की प्रहरीले सोमबार पक्रेको हो । लेकसाइडको १ होटलबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।होटल तेन्जिङ हिलारी पोखरामा खाएको ३५ हजार रुपैयाँ नतिरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।अनुसन्धान गर्दै जादा उनको कर्तुत बाहिर आएको हो।

१७ वर्षीय रम्तेलले बा२झ १६६३ नम्बरको सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । २ दिनका लागि २५ हजारमा भाडामा लिएर उनले गाडी लिएर सेतो नम्बरप्लेट राखेको खुलेको छ ।उनले १ ड्राइभरसमेत प्रयोग गरेको हो।
धरानबाट पोखरा आउने बेलमा वीरगन्जमा नै लम्तेलले नक्कली कार्ड बनाएका थिए । उक्त होटलमा सामान राखेर सरकारी नम्बर प्लेटको गाडी पर्वत हुँदै मुस्ताङसम्म पुगेको प्रहरी बताउँछ । उक्त गाडीलाई तनहुँ प्रहरीले स्कटिङ दिएको थियो । आफूलाई सहसचिव बताएर रम्तेलले १०० नम्बरमा फोन गरी स्कटिङ माग गरेका थिए ।

तनहुँको प्रहरीमात्र नभई उनीहरुलाई कास्की प्रहरी तथा वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले पनि सुरक्षा दिएको प्रहरीले जानकारी दिएको छ ।

रम्तेलले गण्डकी प्रदेशका मन्त्रालयका पदाधिकारी र पोखरा महानगरपालिकाकी उपमेयरलाई पनि सहसचिव नै भनेर भेटेको प्रहरी स्रोत बताउँछ । रम्तेलले महानगरपालिकासँग मागेर १० लिटर तेल प्रयोग गरेको प्रहरीलाई बयान दिएका छन् ।


(२०७५ फाल्गुन १४, मंगलवार) १३:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro