जनप्रतिनिधि र वाटो उपभोक्ता समिति बीच लेनदेन विवाद, वडा सदस्यले प्रति लेवर एक सय रुपैयाँ घुस मागेको आरोप

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन २, बिहीबार) ०७:३४

कमल पौडेल अथक – पोखरा  /

पोखरा महानगरपालिका वडा नं ५ मा अवस्थित सिमाना मार्ग वाँसटारी धारापानी मोटरवाटो निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि र निर्माण समितिका अध्यक्ष बीच लेनदेन विवाद भएको छ ।
वडा अध्यक्ष धनवहादुर नेपाली, वडा सदस्य अन्जु केसी र निर्माण समितिका अध्यक्ष युवराज खतिवडा बीच लेनदेन विवाद भएको हो ।
सुरुमा वडा सदस्य अञ्जु केसी र निर्माण समितिका अध्यक्ष युवराज खतिवडा वीचको विवाद यतिवेला सतहमा नै आएको छ । विवादको मुख्य चुरो कमिशन भएको निर्माण समितिद्धारा आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
वडा नं ५ का वडा सदस्य अञ्जु केसीले बाटो निर्माणको क्रममा ठेकेदार सँग प्रति लेवर १ सय रुपैयाँ कमिशन मागेको र त्यो दिन ठेकेदारले नमानेपछि विवाद सिर्जना भएको अध्यक्ष युवराज खतिवडाले आरोप लगाएका छन् ।


वडा नं ५ कै वडाअध्यक्ष धनवहादुर नेपालीले नै वनाईदिएको उपभोक्ता समितिमा आर्थिक लेनदेन कै कारण विवाद आएको स्थानीयवासीले वताएका छन् । पोखराका अधिक स्थानमा गुण्डागर्दी शैलीमा सस्तो पसलको नाउँमा पसल संञ्चालन गर्दै अबैध अशुली गर्दै आएका खतिवडालाई वडा नं ५ र वडा नं १८ को वाटो निर्माण समितिको अध्यक्ष धनवहादुर नेपालीले किन विश्वास गरेर अध्यक्ष वनाए यसमा रहस्य छ । कतै धनवहादुर युवराज वीचमा सुरुमा कमिशनको सम्झौता भएको हुन सक्ने समेत स्थानीयवासीको तर्क छ ।


यता निर्माण समितिका अध्यक्ष युवराज खतिवडाले स्थानीय जग्गावाला सँग कुनै सम्झौता नै नगराई धमाधम जग्गा काटेका छन् । उनले वाटाको मोहोडाको जग्गा काट्दा जग्गाधनीको लिखित सहमति लिएका छैनन् ।
बिना नाप जाँच जे मन लायो त्यही तरिकाले उनले सो वाटो निर्माण गर्न थालेपछि जग्गाधनी समेत आक्रोशित वनेका छन् । जग्गाधनीको सहमति विना काटिएको सडक विरुद्ध उजुरी गरे उजुरी लाग्ने कानुनका जानकारहरु वताउँछन् ।
दलवल, गुण्डागर्दी र दादागिरी शैलीमा उनले आफ्नो व्यक्तिगत लगानीमा वाटो वनाउने भन्दै स्थानीय नागरिकलाई भ्रममा पारेर भित्र भित्रै करोडौं रुपैयाँ उठाएको खतिवडा माथि आरोप लगेको छ ।
निर्माण समितिकै कुरा गर्ने हो भनेपनि वडा नं ५ र वडा नं १८ मा वन्ने दुवै वाटो निर्माण समितिको अध्यक्ष एउटै वन्ने कानुनी आधार खतिवडालाई छैन । तर यसरी दुवै वाटो निर्माण समितिको अध्यक्ष वनाउने काम उनै वडाअध्यक्ष धनवहादुर नेपालीले गरेका थिए ।
वडा नं १८ का अध्यक्षलाई गुमराहमा पारी दुइवटा वडा छुने वाटोको एउटै निर्माण समितिको अध्यक्ष वनाउनुमा वडा अध्यक्ष नेपाली र सदस्य अञ्जु केसीले ठूलै लाभ खोजेको समेत पुष्टी हुने स्थानीयवासीको भनाई छ । खतिवडाको भनाई अनुसार स्थानीय विश्वनाथ पौडेल, धनवहादुर नेपाली र अञ्जु केसी कमिशन खोर हुन् । विश्वनाथले समेत ढुङ्गेखोला वाटोमा प्रति जाली ५ सय कमिशन खाएको खतिवडाले पत्रकार सम्मेलनमा भने ।
तर निर्माण समितिका अध्यक्ष खतिवडाले वाटो निर्माण आफ्नो व्यक्तिगत लगानी भन्दै दावी गरेका छन् । पोखरा महानगरपालिकाको सार्वजनिक वाटो कुनै व्यक्तिले आफ्नो व्यक्तिगत लगानीमा निर्माण गर्दा कुनै सम्झौता नभएको पाइन्छ । अर्को तर्फ सार्वजनिक जग्गामा लगानी गर्ने ती व्यक्ति युवराज खतिवडाको आम्दानी के हो भन्ने वारे पनि प्रश्न उठेको छ ।


यता वडा अध्यक्ष धनवहादुर नेपालीले पोखरा ५ र १८ को वाटो निर्माण समितिको अध्यक्षमा युवराज खतिवडालाई चयन गरेर आफूले जीवनमा गम्भीर गल्ती गरेको पोखराका पत्रकार समक्ष स्वीकार गरेका छन् । उनले युवराज खतिवडाको २ आना आफ्नो जग्गा भएपनि ४ आना पर्ति जग्गा ओगटेर ६ आन उपभोग गरेका छन् ।
युवराजले आफूले २ आना जग्गा किनेको र ४ आना पर्ति जग्गा उपभोग गर्दै आएको स्वीकार गरे । उनले सो ४ आना जग्गा पनि आफ्नै नाउँमा दर्ता गर्ने तयारी गरेको स्थानीयवासीले आरोप लगाएका छन् । तर युवराजले आफूले ओगटेको जग्गा तत्काल छोड्न तयार भएको पत्रकार सामु वताए ।
घर भत्काउन ५ दिनको म्याद दिदा समेत खतिवडाले अटेरी गरेको भन्दै निर्माण समिति नै भंग गरिदिएको उनले जानकारी दिएका छन् । यता वडा सदस्य अञ्जु केसीले आफूले पैसा नमागेको र पैसा लिएको प्रमाण ल्याउन समेत भनेकी छन् ।
सुरुमा जे भएपनि अन्त्यमा कमिशनमा कुरा नमिलेर वडाअध्यक्ष नेपाली वडा सदस्य केसी र वाटो निर्माण समितिका अध्यक्ष खतिवडा वीच विवाद आएको स्थानीयवासीको भनाई छ । यो मामलामा वडाका अन्य तीन सदस्य भने संलग्न भएको पाइदैन ।


(२०७५ फाल्गुन २, बिहीबार) ०७:३४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro