नेपाली सेनाभित्र भ्रस्टाचार : विनाप्रतिस्पर्धा डेढ अर्बको हेलिकोप्टर र तीन अर्बको जहाज खरिद, महालेखापरीक्षकको आपत्ति

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन १, बुधबार) ०६:५६

नेपाली सेनाभित्र ब्यापक भ्रस्टाचार रहेको समाचारहरु सार्वजनिक भैरहेका बेला फेरी अर्को भ्रस्टाचारको तथ्य सार्वजनिक भएको छ । नेपाली सेनाले खरिद गरेका एक जहाज र दुई हेलिकप्टरमा पनि ब्यापक भ्रस्टाचार भएको तथ्य सार्वजनिक भएको हो ।

आज प्रकाशित नया पत्रिका दैनिकको समाचार अनुसार, आर्थिक निती  नियम बिरुद्ध बिना प्रतिष्पर्धा तीन अर्बको लागतमा सैनिक जहाज खरीद खरीद गरिएको छ । सेनाले हवाई क्षमता वृद्धिका लागि एक थान हवाईजहाज खरिद गर्न ३० वैशाख ०७४ मा सूचना जारी गरी चीन र इन्डोनेसियाको कम्पनीसँग दररेट मागेको थियो । सो जहाजका लागि सेनाले ३ करोड ६ लाख २९ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । इण्डोनेसियाको पिटी डिर्गान्टाराले मात्र टेन्डर भर्दै ३ करोड ४ लाख ७७ हजार अमेरिकी डलरमा जहाज दिने प्रस्ताव गरेको थियो ।

महालेखाको ५५औँ बार्षिक प्रतिवेदनले सेनाले जहाज खरिदका क्रममा सुरक्षा सामरिक वा प्रतिरक्षा सामाग्री आपूर्ति सम्वन्धि कार्यविधी २०६४ अनुसार खरिद प्रक्रिया नअपनाएको भन्दै प्रश्न उठाएको छ । यस्तै उक्त विमान खरिदका लागि स्थानीय एजेन्टको रुपमा सुर्य एयर प्रालि काठमाडौं देखिएको छ । तर, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३९ अनुसार एजेन्टसँग भएको सर्त, एजेन्टले पाउने कमिशन लगायतको विवरण पेश गर्न महालेखाले लेखेको थियो ।

यसै गरी नेपाली सेनाका लागि एक थान हेलिकोप्टर खरिद गर्न दुई वर्षअघि सरकारले रकमान्तर गरी एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो । सेनाको नीति तथा योजना निर्देशनालयले इटालीको अगस्ता कम्पनीसँग हेलिकोप्टरको मूल्य पहिल्यै मागेको थियो । अगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर सेनाले टेन्डर माग्यो । खरिद हुने हेलिकोप्टरको विशेषता पनि अगस्तासँग मात्र मिल्ने गरी राखिएको थियो ।

अगस्ताको हेलिकोप्टर उपलब्ध गराउन इटालीकै कम्पनी लियोनोर्डो एसपिएले मात्र टेन्डर हाल्यो । तर, १६ असार ०७३ को मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धा सुनिश्चित गरेर मात्र हेलिकोप्टर खरिद गर्न स्वीकृत दिएको थियो । तर, सेनाले प्रतिस्पर्धाविनै एउटै कम्पनीको कोटेसनका आधारमा एक करोड ३९ लाख ८४ हजार २ सय ४३ युरोमा हेलिकोप्टर किन्यो । यसरी तत्कालीन विनिमय दरमा ढुकुटीको एक अर्ब ६३ करोड रुपैयाँ विनाप्रतिस्पर्धा खर्च भयो । यसमा महालेखापरीक्षकको प्रतिवेदनले आपत्ति जनाएको छ । तर, कारबाही कुनै निकायबाट पनि भएको छैन । हेलिकोप्टर किन्न सरकारले दिएको कुल बजेटबाट पाँच करोड रुपैयाँ बचेको देखाइयो । लगत्तै त्यही हेलिकोप्टरको क्षमता बढाउनुपर्ने भन्दै ३ लाख ८६ हजार युरोको सामान खरिद गर्ने निर्णय भयो । आवश्यक क्षमता भएको हेलिकोप्टर किन्नुको सट्टा पहिले किनेर फेरि सामान थपिएकोमा महालेखाले प्रश्न गरेको छ ।

दुई हेलिकोप्टर किन्न टेन्डर, दुईथरी एजेन्टबाट खरिद
विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि सेनाले १० असोज ०७२ मा २ थान हेलिकोप्टर खरिदको प्रस्ताव आह्वान गरेको थियो । सिंगापुरको एयरबस हेलिकोप्टर साउथ–इस्ट एसिया प्रालि र अमेरिकाको बेल हेलिकोप्टर टेक्सट्रोनले मात्र बोलपत्र पेस गरे । १६ असार ०७३ मा मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धा गराई २ थान लाइट हेलिकोप्टर खरिद गर्न स्वीकृत दिएको थियो । तर, सेनाले दुई कम्पनीलाई मात्र प्रतिस्पर्धा गराई हेलिकोप्टर किनेकोमा महालेखाले प्रश्न उठाएको थियो । अझ २ वटा हेलिकोप्टर किन्ने बोलपत्र आह्वान गरे पनि एउटा मात्रै छानिएको एयरबस हेलिकोप्टरबाट एउटा मात्र किनियो । तर, दुईवटाको टेन्डर किन आह्वान गरियो र एउटा मात्र किन किनियो भन्ने औपचारिक जानकारी महालेखाले समेत पाउन सकेन ।

खासमा दुईवटा हेलिकोप्टर दुईथरी एजेन्टमार्फत किन्न यसो गरिएको थियो । एउटा हेलिकोप्टर एयरबसलाई दिएपछि अर्को हेलिकोप्टर बेल हेलिकोप्टरलाई दिन सेनाले १९ वैशाख ०७४ मा अर्को बोलपत्र आह्वान गर्‍यो । हेलिकोप्टरको लागत अनुमान तयार गर्दा सेनाले बेल हेलिकोप्टर कम्पनीले दिएको मूल्यलाई आधार बनाएको थियो । त्यसको मूल्य ३८ लाख अमेरिकी डलर थियो । बोलपत्र पनि बेल हेलिकोप्टर कम्पनीले मात्रै भर्‍यो । सेनाले त्यही कम्पनीले प्रस्ताव गरेअनुसार ३८ लाख अमेरिकी डलरमा हेलिकोप्टर किन्ने सम्झौता गर्‍यो । एयरबस हेलिकोप्टरका लागि सूर्य एयर सपोर्ट प्रालि र बेल हेलिकोप्टरका लागि सिम्रिक हेली ट्रेडर्स प्रालिले स्थानीय एजेन्टको भूमिका खेलेका थिए ।


(२०७५ फाल्गुन १, बुधबार) ०६:५६ मा प्रकाशित

मुख्य समाचार

सबै

पत्रकार राजकुमार घिमिरेलाई झुट्ठा मुद्दा : नेपाल पत्रकार महासंघ कास्कीद्वारा गिरफ्तारीप्रति खेद प्रकट

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट गिरफ्तार गरिएका संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा  लगाएको छ।  प्रहरीले उनलाई ड्युटीमा रहेका प्रहरीमाथि अभद्र.....

नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस.....

उपचुनावलाई प्रभाव पार्न कहीं कम्बल, कहीं पाइप वितरण, शिक्षक पनि सरुवा

भनिन्छ, लोकतन्त्रमा जनताको अभिमत लिन चुनाव अनिवार्य हुन्छ।  तर संसदीय व्यवस्थामा चुनावलाई निश्पक्ष हुन् नदिन र आफ्नो पक्षमा पार्न चुनावका बेला साम, दाम, दण्ड, भेदको नीति अपनाउने.....

Exchange Rate

Nepali Patro