काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुद्वारा कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने कार निर्माण

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन १, बुधबार) ०५:४५

काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यालयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले इन्जिन खराब भै कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने र स्टार्ट नहुने वातावरण मैत्री कार निर्माण गरेका छन्  । ग्यासबाट चल्ने उक्त जुनकिरी नाम दिइएको उक्त कार जुनकिरीमा एफआई किटको प्रयोग र ईन्जीनमा सेन्सर भएकाले कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने र स्टार्ट नहुने भएकाले प्रदुषण रोक्नथाममा सहायक हुने निर्माणकर्ता बिद्यार्थीहरुको दाबी छ । निर्माण भएका अधिकांश सवारी साधनमा कार्वोरेटरको प्रयोग गरिएको हुन्छ । जसले पुरानो भएपछि वातावरणमा कालो धुवा र प्रदुषण गर्छ ।

‘ग्यासलाईन इन्जिनबाट उर्जा निकालेर एयरडाईनामिक डिजाइनमा निर्माण भएको जुनकिरीमा अक्सिजन सेन्सर रहने छ, जसले धुवामा कार्वोन डाईअक्साईडको मात्र बढ्नासाथ सेन्सरको मदतले ईन्जिन रोकिने आधुनिक प्रविधिको प्रयोग गरेका छौँ, यो नौलो प्रयोग हो,’ उनले थपे । आफूहरुको सीप र ज्ञानलाई उद्यमसँग जोडेर नेपाललाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनीहरुको दावी छ ।

अटोमोबाईल मेकानिकल विषय चौंथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापाका अनुसार, जुनकिरीमा आधुनिक प्रविधिको प्रयोग र वातावरण मैत्री रहेको जसले अन्य मुलकबाट आयात गर्दा लाग्ने मुल्य भन्दा निकै कम मुल्य र प्रदुषण समेत कम गर्न सकिनेछ । १० जनाको समुह मिलेर निर्माण गरेको उक्त साधनको मुल्य २ लाख ७० हजार छ ।

यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ ।

यसले मुलकमै सवारी साधनको उत्पादन गर्न समेत सहज हुने दावी उनीहरुको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक नेपालमा तयार भएको जुनकिरीमा आधुनिक प्रविधिको प्रयोग र वातावरण मैत्री रहेको जसले अन्य मुलकबाट आयात गर्दा लाग्ने मुल्य भन्दा निकै कम मुल्य र प्रदुषण समेत कम गर्न सकिने उनले दावी गरे ।

 


(२०७५ फाल्गुन १, बुधबार) ०५:४५ मा प्रकाशित

Exchange Rate

Nepali Patro