सञ्जय दत्त पाँच वर्षपछि जेलबाट रिहा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ फाल्गुन १३, बिहीबार) १६:०३

बलिउड अभिनेता सञ्जय दत्त बिहीबार बिहान साढे आठ बजे पुणेको यरवडा जेलबाट रिहा भएका छन् । उनी जेलबाट रिहा भएपछि जहाजबाट सिधै मुम्बई जाँदैछन् । पुणेस्थित विमानस्थल बाहिर सञ्जयको सुरक्षाका लागि उनका साथी सलमान खानले चारजना सुरक्षा गार्ड पनि पठाएका छन् ।
अवैध हतियार राखेको अभियोगमा सञ्जयले पाँच वर्षको जेल सजाय काटेका हुन् । सञ्जयलाई लिनका लागि पुणेस्थित जेलबाहिर पत्नी मान्यता र फिल्मनिर्माता राजकुमार हिरानी पुगेका थिए ।
समाचार अनुसार सञ्जयले आफू जेलबाट घर आइरहेको खबर उनका दुई छोराहरु शाहरान र इकरालाई थाहा दिएका छैनन् । मान्यता उनीहरुलाई सरप्राइज दिने तयारीमा छिन् ।
मान्यतालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यले जनाए अनुसार उनले सञ्जयको तर्फबाट केही उपहार दिन खरिद गरेकी छन् । मुम्बई पुगेपछि सञ्जय दत्तले सबैभन्दा पहिले सिद्धिविनायकको दर्शन गर्ने भएका छन् ।
त्यसपछि उनी त्यहाँबाट मरिन लाइन्स स्टेशन नजिकै रहेको ठूलो चिहानमा पुग्नेछन् । जहाँ उनकी आमा नरगिसको चिहान रहेको छ ।
त्यहाँबाट घर पुगेर उनले आफ्ना पिता सुनील दत्तको फोटोमा श्रद्धाञ्जलि दिनेछन् । केही दिनपछि उनी परिवारसहित सिर्डी साइबाबाको धाममा पुग्ने कार्यक्रम छ ।

(२०७२ फाल्गुन १३, बिहीबार) १६:०३ मा प्रकाशित

Exchange Rate

Nepali Patro