आज तिहारको दोस्रो दिन, कुकुरको पूजाआजा गरी मनाइँदै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ कार्तिक १३, शनिबार) ०१:५५

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपसछ नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनालाई नरके बगाउने पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत छ ।


(२०७३ कार्तिक १३, शनिबार) ०१:५५ मा प्रकाशित

Exchange Rate

Nepali Patro