यौन शोषणमा परेका चर्चित हिरोइन्

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ फाल्गुन ५, बुधबार) ०४:०१

सानै उमेरमा यौन शोषणको खबर अधिकांश हिरोइनको मुखबाट सुन्न पाइन्छ । भर्खरै मात्र बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो पटक पटक यौन शोषण भएको कुरा सार्वजनिक गरेकी थिइन् ।
त्यसैगरी कैयौ ठूला हिरोइन छन्, जसले बाल्यकालमै यो पीडा भोग्नुपरेको छ । बाल्यकालको यो पीडालाई भुल्दै यी हिरोइन अहिले चर्चाको शिखरमा पुगेका छन् ।

कल्कि कोचलिनः कल्कि कोचलिनले आफ्नो कलाबाट एउटा अलग ठाउ पाएकी हुन् । ‘जिन्दगी ना मिलेगी दोबारा’ की यी हिरोइनले एक अन्तर्वार्ताका क्रममा आफू सानै छदा आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिईन् । उनले त्यसलाई जीवनकै नराम्रो अनुभव भनिन् । कल्किले यो पीडाबाट बाहिर निक्लिदै आफ्नो एक अलग्गै पहिचान बनाउन सफल भइन् ।
सोमी अलीः सोमी अलीको पहिचान खोज्दा बलिउड अभिनेत्रीको साथसाथै स्टार अभिनेता सलमान खानकी पूर्व प्रेमिका हुन् । पाकिस्तानी मुलकी सोमीले केही समय पहिले आफू पाँच वर्षको हुँदा यौन शोषण भएको कुरा बताएकी थिईन् । सोमी सानै उमेरमा घरेलु हिंसाको पनि सिकार भएकी थिइन् ।
अनुराग कश्यपः यौन शोषण हिरोइनसँग मात्रै भएको छैन् । चर्चित फिल्म निर्माता अनुराग कश्यप आफ्नो बाल्यकालमा कैयौ पटक यौनशोषणको सिकार बनेका थिए । अनुरागले आफूलाई त्यो पीडाबाट बाहिर आउन निकै अप्ठेरो थियो । तर, प्रयास गरे सम्भव भयो अगाडि बढे । भनेका छन् ।
सोफिया हयातः सोफिया हयात मोडल र अभिनेत्रीका साथसाथै गायिका पनि हुन् । बेलायतमा जन्मिएकी सोफियाको कर्मथलो भने बलिउड रहेको छ । एक अन्तर्वार्ताका क्रममा सोफियाले आफ्नै काकाबाट १० वर्षको उमेर बलात्कृत भएको कुरा सार्वजनिक गरेकी थिईन् । उनी अहिले हट एण्ड बोल्ड तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहन्छिन् ।
अनुष्का शर्माः विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित अभिनेत्री अनुष्का शर्मा पनि यौन शोषणको सिकार भएकी थिइन् । अनुष्का रवि शंकरकी छोरी हुन् । महिला सशक्तिकरणको थुप्रै अभियानमा समेत अनुष्का सहभागी हुँदै आएकी छिन् ।
लेडी गागाः विश्वकै चर्चित गायिका लेडी गागा पनि यौन शोषणको सिकार भएको कुरा भर्खरै मात्र उनले खुलासा गरेकी थिईन् । स्टेज कार्यक्रममा उत्तेजक हाउभाउका साथ प्रस्तुत हुने गागाको १८ वर्षको उमेरमा बलात्कार भएको थियो । यो घटनाले उनलाई निकै कमजोर बनाएको तर, पनि संघर्ष गरेर आफ्नो स्टार बन्ने सपना साकार पारेको उनले बताइन् ।(एजेन्सीको सहयोगमा)

(२०७२ फाल्गुन ५, बुधबार) ०४:०१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना