अमेरिकी रास्ट्रपति ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको खुलाशा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ २१, सोमबार) १३:१६

अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार समाचार छापेको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ ।

अधिकारीले ट्रम्पलाई दक्षिण एसियाको नक्सा देखाउँदै नेपाल भारतको हिस्सा भएको बताएको जानकारी दिए । अधिकारीले ‘नेपाल एक स्वतन्त्र देश’ भएको जानकारी दिँदै ‘भूटान त तपाईंलाई थाहा छ नि’ भनेर देखाए तब उनले भुटान पनि भारतीकै भूभाग भएको बताए ।

दुई गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई भने, ‘उनका सल्लाहकाले असहमती जनाएपछि ट्रम्प उनीहरुसँग रिसाएका थिए । ’गुप्तचर संस्थाहरुसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीलाई उद्धृत गर्दै टाइमले बताएको छ ।

यसअघि पनि उनले नेपाललाई ‘निप्पल’ भनेको सार्वजनिक भइसकेको छ । सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नुअघि भएको ब्रिफिङमा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेको सार्वजनिक भइसकेको छ ।


(२०७५ माघ २१, सोमबार) १३:१६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro