मोदीको गाउँमा शाहरुखमाथि बर्साइयो ढुंगामुढा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ फाल्गुन २, आईतवार) १२:२५

बलिउडका चर्चित अभिनेता शाहरुख खानमाथि नरेन्द्र मोदीको गृहनगर अहमदाबादमा ढुंगामुढा बर्साइएको छ । अहमदाबादको एक होटलो पार्किङमा शाहरुख खानमाथि ढुंगामुढा भएको हो । फिल्म रईसको सुटिङका क्रममा रहेका शाहरुख खान सवार कारमाथि ढुंगामुढा बर्साउँदै उनीविरुद्ध चर्का नाराबाजी पनि भएको छ ।
केही दिन पहिलेदेखि गुजरातमा बलिउड कलाकारहरुको विरोध भइरहेको छ । यसभन्दाअघि ‘रईस’ फिल्मको सुटिङका लागि गुजरातको भुज सहरमा पुग्दा शाहरुखले चर्को विरोधको सामना गर्नुपरेको थियो ।
३ फेब्रुअरीमा भुजक खारी नदी किनार गर्न लाग्दा स्थानीयले चर्को विरोध गरेपछि सुटिङ नै रद्द गरिएको थियो । स्थानीयको विरोधका बाबजुत अहमदाबादका अलग-अलग स्थानमा यो फिल्मको सुटिङ भइरहेको छ । शाहरुख शुक्रवार अहमदाबा पुगेका थिए ।
यसभन्दा अघि यो फिल्मको सुटिङ गुजरातको कच्छ जिल्लामा भएको थियो । समाचार अनुसार भुज, धोरडो र मान्डवी किनारमा ‘रईस’ को सुटिङ्गको विश्व हिन्दू परिषद्ले विरोध गरिरहेको छ।
‘रईस’ को कथा अहमदाबादका बदनाम बुटलेगर (गैरकानूनीरुपमा रक्सी बेच्ने) लतिफमाथि केन्द्रित रहेको छ । लतिफ सन् २०१४ मा पुलिसको इन्काउन्टरमा मारिएका थिए ।
अघिल्लो साल नोभेम्बरमा आफ्नो जन्म दिनमा शाहरुखले एक अन्तर्वार्तामा भनेका थिए, ‘देशमा तीब्रगतिमा असहिष्णुता बढिरहको छ । यदि मलाई भनियो भने मैले पाएको अवार्ड फिर्ता गर्न सक्छु । देशमा तीब्ररुपमा बढेको असहिष्णुताले असहज महसुस गरिरहेको छु।’

(२०७२ फाल्गुन २, आईतवार) १२:२५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना