पोखरा महानगरको भ्यान आगजनी गरेको आरोपमा नेविसंघका पांच जना नेता पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ १९, शनिबार) १९:०९

पोखरा महानगरपालिकाको गाडी आगजनीमा संलग्न रहेको आरोपमा पांच विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेल, नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

लेकसाइडमा रहेको होटल रिदमको कोठा नं. १०२ बाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बा ५६ प ३४८६ नं.को मोटरसाइकल, ग १४ प १७२९ र ग ८ प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथी अनुसन्धान चलिरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यस अघि शनिबार विहान पोखरा महानगरपालिका वडा नम्बर ७  मासबारमा पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानलाई जलाएको घटनाको जिम्मा नेविसंघले लिएको थियो  । नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले विज्ञप्ती जारी गरि घटनाको जिम्मा लिएको वताएका थिए । विदाको दिन सरकारी गाडी चलाउन नदिने केन्द्रिय कार्यक्रम भएकोमा शनिबारको दिन पनि सरकारी गाडी गुडिरहेको देखेपछि नेविसंघले गाडी जलाएको नेविसंघले जनाएको थियो  ।


(२०७५ माघ १९, शनिबार) १९:०९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro