संगीतकर्मी सुनिल बर्देवाको निधन

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ भाद्र २८, मंगलवार) १९:४४

गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साढे ८ बजे निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएको गायक प्रमोद निर्वाणले जानकारी दिए । निर्वाण बर्देवाका फूपूका छोरा हुन् ।

केही समयदेखि जण्डिसबाट पीडित गायक बर्देवाले धुम्बाराहीस्थित घरमा असहज महसुस गरेपछि आफन्तले मंगलबार साँझ शिक्षण अस्पताल पुर्‍याएका थिए । पुरानो महाराजगञ्जस्थित घर छाडेर केही समयदेखि बर्देवा धुम्बाराहीमा बसोबास गरिरहेका थिए ।

उनका दुई छोरी र एक छोरा छन् । तीनै जना नारायगढस्थित मामाघरमा बसेर पढिरहेका छन् । चितवनबाट उनका तीन सन्तान काठमाडौं आएपछि बुधबार उनको अन्त्येष्टि गरिने सल्लाह भएको निर्वाणले बताए ।

उनी केही समयदेखि बानेश्वरस्थित ब्ल्याक पेपड स्टुडियोमा एरेन्जरको रुपमा कार्यरत थिए । कुनै समय गोरेटो अनि उस्तै छ गल्ली बोलको गीतबाट चर्चा पाएका उनको ४ एल्बम सार्वजनिक भएका छन् भने उनले हजार भन्दा बढी गीतमा एरेन्जरको रुपमा काम गरेका छन् ।

उनले निमा रुम्बा, नविन के. भट्टराई, राजु लामाजस्ता चर्चित गायकका एरेन्जरको रुपमा काम गरिसकेका छन् ।


(२०७३ भाद्र २८, मंगलवार) १९:४४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना