दलितले मन्दिर छुँदा १ आना सुन र २ हजार जरिवाना !

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र २०, सोमबार) ०३:५३

बझाङको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय दलितले मन्दिर छोएको भन्दै सुन सहित नगद दण्ड जरिवाना तिराइएको छ । संविधानमा जातीय भेटभाव गरिए दण्ड सजायँ हुने स्पष्ट व्यवस्था भएपनि त्यसलाई खिल्ली उँडाउँदै रिलु गाविस घरभएका लाल बहादुर आग्रीलाई एक आना सुन सहित २ हजार नगद दण्ड तिराइएको हो ।
उपल्ला जातिका भनिनेहरुले भक्तजनहरुका लागि प्रसाद पकाउदै लागेको स्थान र कालीका देवीको मन्दिरमा प्रवेश गरेको आरोप लगाएका छन् । स्थानीय लाल बहादुर बोहराले परम्परागत रितीरिवाज अनुसार दलितहरुले मन्दिर नछुने चलन भएको तर आग्री प्रसाद बनाउने स्थान र मन्दिरभित्र गएपछि दण्ड जरिवाना तिराइएको वताए ।
उनले आग्रीले आफ्नो इच्छा अनुसार देवतालाई दण्ड तिरेको समेत दाबी गरे । कालिका मन्दिरमा भाद्र १९ गते देखि रिलु गाविसको कालिका मन्दिरमा मेला लाग्ने गर्दछ ।


(२०७३ भाद्र २०, सोमबार) ०३:५३ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro