विप्लव माओवादीको महाधिवेशन उदघाटन खुलामञ्चमा, बन्दसत्र थवाङमा, जनसत्ता पुनर्गठन गर्ने निर्णय

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र २०, सोमबार) ०२:३८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आउँदो फागुन पहिलो साता आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने जानकारी दिइएको हो । यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले महाधिवेशनको मिति निश्चित गरेको हो ।

विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले फागुन १ गते जनयुद्ध दिवसको दिन खुलामञ्चमा महाधिवेशन उदघाटन गर्ने र बन्दसत्र माओवादी जनयुद्धको उदगम थलो रोल्पाको थवाङमा गर्ने जानकारी दिए । महाधिवेशनको तयारीस्वरुप मंसिर महिनासम्म गाउँ, नगरको सम्मेलन र पुसमा जिल्लाको सम्मेलन सक्ने विप्लव माओवादीले जनाएको छ ।

जनसत्ता पुनर्गठन गर्ने निर्णय

पत्रकार सम्मेलनमा प्रवक्ता विकले अब जनसत्ता पुनर्गठनमा तिव्रता दिने बताए । साथै जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने उनले बताए ।
विप्लव माओवादीले दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन सरकारसँग माग गरेको छ ।

आफ्ना मागसहितको ज्ञापनपत्र सरकारलाई भदौ २२ गते बुझाउने निर्णय माओवादीले गरेको छ । भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं-तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।


(२०७३ भाद्र २०, सोमबार) ०२:३८ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro