सिंगापुरमा को–को भारतीय नेता भेटे ओलीले ?

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ भाद्र १९, आईतवार) १८:३५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंगापुरमा भारतीय अधिकारीहरुसँग गोप्य रुपमा भेटवार्ता गरेका छन् । उनले भारतीय नेता, विश्लेषक र गुप्चर एजेन्सीका अधिकारीहरुसँग भेटवार्ता गरेका छन् । उपचारका क्रममा सिंगापुर पुगेका ओलीले गोप्य रुपमा भारतीय अधिकारीहरुलाई भेटेको ओली निकट स्रोतले जानकारी दिएको छ ।

नेपाल भारत मामिलाका जानकार भारतीय प्रधानमन्त्रीका विश्वास पात्र एस्डी मुनी र अधिकारीहरुसँग छलफल गरेका छन् । नेपालमा भारतसँग जोडिएको राजनीतिक तिक्तता आउँदा भारतीय विश्लेषक मुनीले सिंगापुरमा नेपाली नेताहरुसँग भेटवार्ता गर्ने गरेका छन् । यसअघि नेपालविज्ञ भारतीय प्राध्यापक मुनीको पहलमा एमाओवादी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका थिए । मुनी एक प्राप्य सिंगापुरमा रहँदै आएका छन् ।

जवाहर नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक मुनी नेपालसम्बन्धी विद्यावारिधी हुन । मुनी एक सिंगापुर विश्वविद्यालयमा साउथ एसियन डिपार्टमेन्ट (दक्षिण एशियाली विभाग)का प्रमुखका रुपमा समेत रही सकेका छन् । ‘एमाले अध्यक्ष ओलीले भेटवार्ता गरेको पक्का हो’ कुन समयमा कसरी भेट भयो भन्ने कुरा अहिले बताउने बेला भएको छैन’ स्रोतले भन्यो ।

सिंगापुरबाट फर्केपछि ओलीले संविधान संसोधनका विषयमा अग्रसरता लिने बताइएको छ । भेटमा भारतसँगको सम्बन्ध नजानिदो तरिकाले बिग्रीएको ओलीले स्वीकार गरेको भारतीइ एक अधिकारीले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने सिंगापुरमा भारतीय कुनै पनि नेतालाई नभेटेको बताएका छन् ।


(२०७३ भाद्र १९, आईतवार) १८:३५ मा प्रकाशित

मुख्य समाचार

सबै

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका वडा नम्बर ३ र ५.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न खोज्ने सत्तारुढ नेकपा नेताबिरुद्ध पक्राउ पुर्जी जारी

सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको आरोपमा जिल्ला अदालत झापाले सरकारी नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरे को छ ।.....

Exchange Rate

Nepali Patro