न हेलिकोप्टर आयो न जहाज, रगत बगेर टलकुमारीको ज्यान गयो

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ भाद्र १९, आईतवार) १४:४३

अस्पतालमा गर्भपतन गराउने क्रममा ब्लिडिङ भएर खोटाङ धितुङ ६ की ३५ वर्षिय टलकुमारी राईको मृत्यु भएको छ। सात सन्तानकी आमा टलकुमारी गर्भ पतनका लागि भदौं १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । गर्भपतनपछि निरन्तर ब्लिडिङ भए पनि उनलाई उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर र जहाज दुवै उपलब्ध नभएपछि आइतबार उनको ज्यान गएको हो ।

श्रीमान् चन्द्र किराँत तथा आफन्तरुले अस्पतालका चिकित्सकको लापरवाहीका कारण श्रीमतिको ज्यान गएको भन्दै छानबिनका लागि माग गरेका छन् । आइतबार बेलुकासम्म पनि शव बुझेका छैनन् ।

धेरै सन्तान पाल्न सकस हुने भन्दै श्रीमान्ले नै उनलाई अस्प्तालमा ल्याएका थिए । उनको गर्भपतन गराउने काममा चिकित्स सन्तोष शाह संलग्न थिए । गर्भपतनपछि विल्डिङ सुरु भयो र उनको पेट अत्याधिकमात्रमा फुलेको छ । उनको स्वासप्रश्वासमा पनि समस्या रहेको र उनको शरिरमा रगत सकिएकाले ब्लडसमेत समयमा नदिइएको श्रीमान् चन्द्रले बताए। चन्द्रले रुँदै भने, सद्दे श्रीमती अस्पतालमा ल्याए, अहिले शब बोकेर जानुपर्ने अवस्था हो ।

सुरुमा ल्याउँदा डाक्टरहरुले यो सामान्य कुरा हो, केही हुँदैन भन्नुभयो तर जब गर्भपतनपछि ब्लिडिङ सुरु भयो। छिटो काठमाडौं लैजा, हामी सक्दैनौं भन्नुभयो , चन्द्रले भने, गोजीमा पैशा थिएन । त्यही पनि बचाउन सकिन्छ कि भनेर जहाज र हेलिकोप्टरका लागि धेरै प्रयास गर्‍यौं तर न हेलिकोप्टर आयो न जहाज ।

आइतबार बिहान अवस्था थप चिन्ताजनक भएपछि हेलिकोप्टर चार्टरका लागि प्रयास भएको थियो । तर मौसम खराब भएकोले हेलिकोप्टर पुग्न सक्ने अवस्था भएन । खाँनीडाडा एयरपोर्टमा जहाज आउँदैछ भनेर लैजाने क्रममा आइतबार मध्यान्ह उनको बाटोमै मृत्यु भएको हो । अहिले पनि उनको शव अस्प्तालको गाडीमै राखिएको छ ।

टलकुमारीलाई काठमाडौं ल्याउन शनिबार पनि खाँनीडाँडा एयरपोर्टमा लगिएको थियो । तर जहाज नआएपछि उनलाई फेरि अस्प्ताल फर्काइएको थियो । खोटाङ जिल्ला अस्प्तालका प्रमुख रामबहादुर केसीले यो घटनाको बारेमा छानबिन हुने र दोषीलाई कारबाही हुने बताए । उनले भने, अस्पतालबाट कमजोरी वा लाहपरवाही भएको छ भने त्यसमा हामी छानबिन गरेर कारबाही गर्छौ।


(२०७३ भाद्र १९, आईतवार) १४:४३ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro