सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्न दुई जना पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ ५, शनिबार) ११:५५

सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्नलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनको मृत्यु भएको १० दिनमा हत्या भएको प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत् आज सम्लग्न दुई जनालाई सार्वजनिक गरेको हो ।

ढकालको पुस २५ गते भैरवडाँडाको जंगलमा हत्या भएको थियो । हत्यामा हेटौंडा–११ का १९ वर्षका अनमोल पुडासैनी र मनहरी–१ बस्ने वर्ष १८ को प्रविण वाइवा रहेको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्राईले जानकारी दिए ।

सामान्य विवादभएपछि ढकालको औठी, मोबाइल र झोला देखेर हत्या गरेको उनिहरुले बताएका छन् । ढकालले किन जंगलमा बसेको प्रहरीलाई खबर गर्दिन्छु भनेपछि विवाद भएको बताए । औठी, झोला देखेपछि प्रलोभनमा परेर हत्या गरेको उनिहरुले स्विकार गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए ।

यसैगरी प्रहरीले हत्यामा सम्लग्नसँग ढकालको मोबाइल र औठी खरिद गर्ने दुई जनालाई पनि पक्राउ गरेर सार्वजनिक गरेको छ । मोबाइल खरिद गर्ने भीमफेदी गाउँपालिका–६ का दिनेश थापा मगर र औठी खरिद गर्ने हेटौंडा–२ का नारायणबहादुर सुनार रहेका छन् । मगरको दिनेश मोबाईल एण्ड इलेक्ट्रोनिक सेन्टर र सुनारको नारायणी सुनचाँदी पसल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्वन्धी कसुर अन्र्तगत कसुर गरेको हुँदा जन्मकैद समेत हुने प्रहरी नायव उपरीक्षक भट्राईले बताए ।


(२०७५ माघ ५, शनिबार) ११:५५ मा प्रकाशित

Exchange Rate

Nepali Patro