मालढुंगामा बस दुर्घटना हुँदा सातको मृत्यु, ३४ घाईते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ ३, बिहीबार) १२:४१

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस आज विहान सवा ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा ३४ जना घाईते भएका छन् ।

तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । पर्वतको जलजला गाउँपालिका वडा न८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन र  बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार, ३४ जना  मध्ये गभीर रहेका १७ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ । चार जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्यको बागलुङमै उपचार भैरहेको छ  ।

दुर्घटनाको कारण नाल्हुले पनि साघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण अनियन्त्रित भै सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदिमा बस खसेको प्रहरीको अनुमान छ ।


(२०७५ माघ ३, बिहीबार) १२:४१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना