प्रहरी र तस्करबीच गोली हानाहान, एक तस्करको मृत्यु, एक प्रहरी जवान घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष २९, आईतवार) १०:५४

 रुपन्देहीको शंकरपुरमा प्रहरी र तस्कर बीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । प्रहरीले हानेको गोलीबाट करीब ३०/३५ वर्षका पुरुष मारिएका छन् । मृतकको परिचय खुलेको छैन । तस्करले हानेको गोली लागी  प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।

जिल्ला प्रहरी  कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाका अनुसार, सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि गए राति करिब १२ बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका थिए भने त्यसपछि प्रहरीले गरेको जवाफी कारवाहीमा जवाफी कारबाहीमा सख्त घाइते भएका एक युवकको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

 भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको प्रहरी उपरीक्षक थापाकाे भनाइ छ ।


(२०७५ पुष २९, आईतवार) १०:५४ मा प्रकाशित

Exchange Rate

Nepali Patro