वाइडबडी खरीदमा ब्यापक भ्रष्टाचार भएको ठहर, संलग्न पदादिकारीलाई तुरुन्त कारवाहीको सिफारिश

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष १६, सोमबार) ०७:०३

संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडी खरीदमा ब्यापक भ्रष्टाचार भएको ठहर गर्दै त्यसमा संलग्न पदादिकारीहरुलाई तुरुन्त कारवाहीका लागि सिफारिश गरेको छ। कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडी खरीदमा ब्यापक भ्रष्टाचार भएको ठहर गर्दै विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिस  गरेको हो ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको विमानबारे अध्ययन गर्न गठित उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटी’ औंल्याउँदै आइतबार प्रतिवेदन तयार गरेको हो।

‘खरिद प्रक्रियामा गम्भीर त्रुटी औंल्याएको अनुसन्धानबाट भ्रष्टाचार भएको र निगमलाई ठूलो आर्थिक क्षति पुर्‍याएको उपसमितिले ठहर्‍याएको छ’, प्रतिवेदनमा भनिएको छ,

विमानको ‘एमओयू’ मा खरिद–बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम ‘टेक अफ’ भार क्षमताभन्दा प्रतिविमान १२ मेट्रिक टन कम भएकाले निगमलाई कुल १ अर्ब ३ करोड ३३ लाख रुपैयाँ क्षति पुगेको उपसमितिको ठहर छ। यो क्षति असुलउपर गर्न पनि निर्देशन दिएको छ। ‘बहाल रहेका तत्कालीन पदाधिकारी निलम्बन गरी अख्तियार दुरूपयोग गरेकोमा थप अनुसन्धान गर्न निर्देशन दिने’ पनि प्रतिवेदनमा उल्लेख छ।

उपसमितिको प्रतिवेदनमा छ।

निगमको आर्थिक नियमावलीविपरीत नयाँ विमान खरिद गर्नुपर्ने प्रक्रिया नअपनाउँदा क्षति पुगेको ठहर गर्दै उपसमितिले खरिदका लागि गठित उपसमिति, लागत मूल्य र बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई दोषी ठहर गर्दै निलम्बन गर्न सिफारिस गरेको हो। वाइडबडीको लागत अनुमान तयार गर्दा एयरबस कम्पनीको तत्कालीन मूल्य र छुट रकमलाई नलिई गलत मनसायले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवृद्धि गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाएर निर्धारण गरिएको उपसमितिको ठहर छ।

उपसमितिले विमान खरिद गर्दा पाउनुपर्ने ६५ प्रतिशत छुट नलिई ५५ प्रतिशत मात्र लिएको र यसबाट निगमलाई २ अर्ब ३८ करोड रुपैयाँ नोक्सान परेको ठहर गरेको छ। उपसमितिले यो घाटा सम्बद्ध पदाधिकारीबाट भराउन निर्देशन दिने र तत्कालीन पदाधिकारी निलम्बन गरी अख्तियार दुरूपयोग गरेकामा थप अनुसन्धान गर्न निर्देशन दिएको छ।

नयाँ विमान खरिद नगरी पुरानो विमानको प्रक्रिया अघि बढाएर ऋण तथा जमानत माग गर्ने निगम सञ्चालक समिति, सिफारिस गर्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारी तथा तत्कालीन मन्त्रिपरिषद् दोषी देखिएको ठहर गर्दै उपसमितिले त्यसमा संलग्न सबैलाई कारवाही गर्न निर्देशन दिएको छ।

उपसमितिले वाइडबडीमा संलग्न पदाधिकारी निलम्बन गरी कारवाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ।

मन्त्रिपरिषद्ले नयाँ विमान खरिदका लागि सरकार जमानत बस्न २०७३ भदौ २९ गते पर्यटन मन्त्रालयलाई दिएको निर्देशन बर्खिलाप हुने गरी पर्यटन मन्त्रालय र वायुसेवा निगमले पुरानो विमान खरिद प्रक्रिया अघि बढाएको भन्दै उपसमितिले थप अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ।

‘नयाँ विमान खरिदका लागि नेपाल सरकार जमानत बस्ने सम्बन्धमा मिति २०७३ भदौ २९ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएकोमा उक्त निर्णयको बर्खिलाप हुने गरी पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमले पुरानो विमान खरिद प्रक्रिया अघि बढाएको र यसमा ऋण दिने कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषका सञ्चालकहरू लगायतले ऋण लगानी गरी अख्तियारको दुरूपयोग गरेको अवस्थामा थप अनुसन्धान गरी कारवाही अघि बढाउन निर्देशन दिने’, उपसमितिको प्रतिवेदनमा छ।

 

निगमका तर्फबाट सञ्चालक समितिलाई समेत जानकारी नगराई तत्कालीन र हालका कार्यकारी निर्देशकले ऋणदाता कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई बारम्बार गलत सूचना दिएर गुमराहमा राखेको भन्दै उनीहरूलाई निलम्बन गर्न उपसमितिले निर्देशन दिएको छ। निर्मातासँग सीधै जहाज नकिनी बिचौलिया एजेन्ट खडा गरिएकाले निर्माताले के कति रकम प्राप्त गर्‍यो र कति रकम अपचलन भयो थप अनुसन्धान गर्न उपसमितिले अख्तियारलाई निर्देशन दिएको छ।

प्राविधिक ज्ञान नै नभएका लगानीकर्ता कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा अन्य व्यक्तिहरू पटक–पटक निगमकै खर्चमा निरीक्षण गर्न गएको र उनीहरूलाई अनुचित प्रभावमा पारेको पुष्टि हुन आएको उपसमितिको ठहर छ।

वाइडबडी खरिदमा गलत प्रक्रिया अपनाई ठूलो धनराशीमा विदेशी मुद्रा अपलचन भएको भन्दै उपसमितिले भविष्यमा दोहोरिन नदिन आवश्यक नीति बनाउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ।


(२०७५ पुष १६, सोमबार) ०७:०३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro