बिद्यार्थी उचालेर आन्दोलन गर्दै, मोटो रकम असुल्दै बिद्यार्थी नेताहरु (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष १५, आईतवार) ००:१६

सत्तारुढ नेकपाका बिद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल क्रान्तिकारीकाविद्यार्थीको हितमा काम गर्ने भनिएका बिद्यार्थी  नेताहरुले  बिद्यार्थी उचालेर आन्दोलन गर्ने र त्यही दबाबका आधारमा क्याम्पस प्रशासनसंग वार्गेनिंग गरेर मोटो रकम असुल्ने गरेको रहस्य खुलेको छ । न्युज २४ टेलिभिजनको ‘सिधाकुरा जनतासंग’ कार्यक्रमले यस्तो रहस्योद्घाटन गरेको हो  ।

शनिबार राती ८.४५ मा प्रशारित सो कार्यक्रममा जनाइए अनुसार, भक्तपुर प्राविधिक तालिम केन्द्रले सिटिइभिटीले तोकेको भन्दा बढी शुल्क लिएपछि केन्द्रमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

विद्यार्थीको आन्दोलनमा सहयोग गरेको नाटक गरेर अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटि अध्यक्ष रमेश सिंह ठकुरी, अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका अध्यक्ष नुर्बु लामा, नेपाल विद्यार्थी संघ सिटिइभिटी समन्वय समितिका केन्द्रीय सह संयोजक महेन्द्र हमालले कलेज सञ्चालक सिन्धु मल्लसँग ४ लाख रुपैयाँ लिएको न्युज २४ टेलिभिजनको कार्यक्रम सीधाकुरा जनतासँगले देखाएको थियो ।

यता यस्तो घटना बाहिर आउँदा पनि सिटिइभिटी भने कलेजलाई सोधिएको स्पष्टीकरणको पर्खाइमा छ । सिटिइभिटीका निमित्त सदस्य सचिव नलराम देवकोटाका अनुसार सिटिइभिटीले कलेज तथा सिटिइभिटीमा विद्यार्थी राजनीति गर्ने विद्यार्थी नेता माथि कुनै कारवाही अघि बढाएको छैन ।

भक्तपुर प्राविधिक तालिम केन्द्रमा भने विद्यार्थी र कलेजबीच मौखिक सहमतीपछि विद्यार्थी कलेज फर्किन थालेका छन् । कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने, कलेज र होस्टेलको वातावरणमा तत्काल सुधार गर्ने सहमति भएपछि पढाइमा फर्किएको विद्यार्थीले बताएका छन् ।

यसैबीच भक्तपुर प्राविधिक तालिम केन्द्रका विद्यार्थीको आन्दोलन रोक्ने भन्दै केन्द्रसँग पैसा लिने विद्यार्थी नेताहरु कारवाहीमा पर्ने भएका छन् ।

कार्यक्रममा जवाफ दिदै अनेरास्ववियुका महासचिव ऐन महरले विद्यार्थी आन्दोलनका नाममा अनेरास्ववियुका नेताले पैसा लिएको बिषयमा लज्जित भएको बताउँदै तत्काल कारवाही गर्ने बताएका थिए । सोही अनुरुप अनेरास्ववियुले अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटि अध्यक्ष रमेश सिंह ठकुरीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

यस्तै अखिल क्रान्तिकारीले पनि अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका अध्यक्ष नुर्बु लामालाई आन्दोलनको दुरुपयोग गरी आर्थिक अनियमिततामा संलग्न भएको भन्दै संगठनको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

तर नेपाल विद्यार्थी संघ सिटिइभिटी समन्वय समितिका केन्द्रीय सह संयोजक महेन्द्र हमाल माथि भने नेपाल विद्यार्थी संघले कुनै कदम उठाएको छैन । पैसा बार्गेनिङपछि होटलमा पुगेर पैसा लिने महेन्द्र हमाल एक हुन ।

विद्यार्थीसँग बढी शुल्क लिने र शुल्क फिर्ता गर्नुको साटो विद्यार्थी नेतालाई पैसा बुुझाएर आफ्ना विद्यार्थी माथि शोषण गर्न खोज्ने कलेज प्रशासन तथा आन्दोलनका नाममा पैसा असुल्ने विद्यार्थी नेता माथि पनि छानबिन गरी कानुनी कारवही गर्नु आवश्यक छ ।

 


(२०७५ पुष १५, आईतवार) ००:१६ मा प्रकाशित

मुख्य समाचार

सबै

नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस कारणहरू रहेका छन् जसले.....

उपचुनावलाई प्रभाव पार्न कहीं कम्बल, कहीं पाइप वितरण, शिक्षक पनि सरुवा

भनिन्छ, लोकतन्त्रमा जनताको अभिमत लिन चुनाव अनिवार्य हुन्छ।  तर संसदीय व्यवस्थामा चुनावलाई निश्पक्ष हुन् नदिन र आफ्नो पक्षमा पार्न चुनावका बेला साम, दाम, दण्ड, भेदको नीति अपनाउने.....

कञ्चनपुरका चर्चित पत्रकार एबम दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी पक्राउ

करीब डेढ वर्ष हुँदा पनि वलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको सरकारले सो हत्याकाण्डमा दोषीमाथि कडा कारवाहीको माग गर्ने कञ्चनपुरका.....

Exchange Rate

Nepali Patro