नेपालमा रास्ट्रिय स्वाधिनताको आन्दोलन अपरिहार्य : ओम हमाल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष ८, आईतवार) ०८:३४

नेपाल एउटा भिषण द्वन्द्वमा जाने सम्भावनाका संकेतहरु देखिएका छन् l देशी तथा बिदेशी दलालहरुको कारण नेपाल आमालाई ‘समतामुलक समाज’ नामको बच्चा पैदा गर्न लाग्ने ठुलो प्रसव पीडा हुने सम्भावना देखिएको छ l यस पीडा नेपाल आमाले थाम्न सक्ने हुन् कि नसक्ने हुन् , एक सच्चा रास्ट्रवादी र देशभक्त नेपालीले निधार खुम्च्याएर सोंच्नुपरने बेला आएको छ l नेपाल आमालाई सहज रुपमा प्रसव गराउन रास्ट्रवादी र देशभक्त नेपाली जनता एकजुट भएर संघर्षको मैदानमा उत्रिनु पर्ने बेला आएको छ l
बिदेशी इशारामा जनपक्षीय नारा लगाउंदै झन्डै दुई-तिहाई बहुमतसहित सत्तामा पुगेका नक्कली कम्युनिष्टहरु नेपालमा क्रिस्चियन धर्म प्रबर्द्धन गर्न सत्ताको दुरुपयोगको आबस्यक तयारी गरिरहेको छ l
उपस्थिति कमजोर देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र हिन्दु राज्य नेपाल बनाउने बारेमा ठुलो लबिंग चलिरहेको छ l काठमाडौंमा जारी महासमिति बैठकमा ४२ प्रतिशत सदस्यहरुले नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भनेर हस्ताक्षर् गरे l यसो उसो नेपाली कांग्रेस भारतको इशारामा नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भनेर संघर्षमा जाने सम्भावना त्यति नै छ l यदि त्यसो भएन भने हिन्दु अधिराज्यका नाममा हुने हरेक आन्दोलनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु लामबद्ध हुनेछन l त्यस्तो लाइनमा तत्काल शान्तिपूर्ण आन्दोलन र हिन्दु धर्मका पक्षमा वकालत गर्ने सत्तारुध नेकपाका नेता तथा कार्यकर्ताहरु भित्री रुपमा वा खुल्ला रुपमा अगाडी आउनेछन् l
यही गंजागोलका बीच कमल थापाको रास्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनदेखि नेपालमा संबैधानिक राजतन्त्र र हिन्दु अधिराज्य स्थापनाको माग राखेर आन्दोलनको घोषणा गरिसकेको छ l यस आन्दोलन सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दलका असन्तुष्ट, हिन्दु धर्मका पक्षधर नेता तथा कार्यकर्ताहरुको प्रत्यक्ष वा परोक्ष रुपमा सहभागिताले थोरै भए पनि उर्जा मिल्नेछ l
उता बैकल्पिक राज्यसताको घोषणा गरेर बैज्ञानिक समाजवादी ब्यबस्था स्थापनाका लागि एकीकृत जनक्रान्तिको घोषणा गरेको विप्लव नेतृत्वको ने.क.पा. पनि मंसिर ८ मा राजधानी काठमाण्डौंमा गरिएको बिशाल जनप्रदर्शनले उत्साहित देखिएको छ l त्यस जनप्रदर्शनले ने.क.पा.ले लिएको बिचार, सिद्धान्त सही छ भन्ने पुष्टि भएको उसको ठहर छ l उसको ठहर आफ्नै ठाउँमा होला, त्यस जनप्रदर्शनले सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरुको दिमाख खराब भएको छ l सरकार “आफुले लिएको दमनको नीतिलाई के गर्ने “भन्ने बारेमा सोंचमग्न देखिन्छ l नेपाली बौद्धिक जगत “एकपटक विप्लव माओवादीले सत्ता त कब्जा गर्छ, तर कसरी टिकाउन्चन” भन्ने चर्चा गर्न वाध्य भएका छन् l
नेपालमा चल्न लागेको धार्मिक द्वन्द्वको कारण कुरो बुझेका र सत्तारुढ नेकपा नक्कली कम्युनिस्ट हो भन्ने बुझेका रास्ट्रवादी तथा देशभक्त सच्चा कम्युनिष्ट कार्यकर्ताहरुले बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएर वा परोक्ष रुपमा सहयोग गर्ने छन् l जसले गर्दा विप्लव नेतृत्वको ने.क.पा.को आन्दोलन संघर्ष अलिक पेचिलो बन्ने देकिन्छ l
सत्तामा रहेको नेकपा “नक्काली हो l यसले देश र जनताको काम गर्न सक्दैन l” भन्ने बिचार जबर्जस्त रुपमा स्थापित हुँदै गैरहेको छ l दुई-तिहाई बहुमतको कम्युनिष्ट सरकार स्थापना भएपछी देशको राष्ट्रियता कमजोर बन्दै गैरहेको, भ्रस्टाचार, अनियमितता बढेको, महंगी बढेको, उत्पीडित नेपाली जनताको पक्षमा कुनै काम नभएको नातावाद, कृपावाद हाबी भएको नेपाली जनताले प्रत्यक्ष भोगि रहेका छन l जसले सरकारप्रतिको जनताको धारणा नकारात्मक बन्दै गईरहेको छ l
स्पस्ट बिचार र जनताको समर्थन नभएको पार्टी कम्युनिष्ट पार्टी हुने सक्तैन l अहिले सत्तारुढ नेकपासंग स्पस्ट बिचार छैन l उसले आफ्नो लक्ष्य साम्यवाद हो भन्ने बिर्सिएको कुरा काठमाण्डौमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटिको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदन साक्षी छ l पार्टी एकता भएको भनिए पनि भद्रगोल र अस्तव्यस्त छ l
जनता र सही बिचार नभएको कम्युनिष्ट पार्टीले संचालन गरेको सत्ता पनि कमजोर रहेको हुन्छ l यस्तो अवस्थामा सत्ता टिकाउन सत्ता संचालक कम्युनिष्ट पार्टी पराधिन हुन्छ l त्यसमा पनि नेपालमा सत्तासिन हुन पुगेको नेकपा साम्राज्यवादीहरुले दिएको नारा लगाएर उनीहरुको इशारामा सत्तासिन हुन पुगेको हो l आफुलाई सत्तामा पुर्याएबापत उनीहरु आफ्ना बिदेशी दाताको इशारामा काम गरिरहेका छन् l फलस्वरूप सत्तासीन कम्युनिष्ट नामधारी पार्टीले नेपाली जनताको पक्षमा काम गर्न सकी रहेको छैन l बैदेशिक हस्तक्षेप् तिब्र बनेको छ l सरकार लाचार बनेर हेरिरहेको छ l
दुई-तिहाइको बलियो तर निरिह सरकारका कारण नेपाली आमाको छातीमाथि बिदेशी शक्तिहरु विभिन्न योजना, आयोजना कार्यान्वयन गर्ने नाममा अनावस्यक नेपाली जनताको हित बिपरित शर्त राखिरहेका छन् l एक किसिमले नेपाल साम्राज्यावादी तथा विस्तारवादीहरुको क्रिडास्थल बनिरहेको छ l साम्राज्यावादी तथा विस्तारवादीहरु नेपालमा धार्मिक द्वन्द्व चर्काउन खोजि रहेका छन् l
नेपालमा तिब्र हुन् लागेको धार्मिक द्वन्द्वकाकारण नेपाली राष्ट्रियता कमजोर बनिरहेको छ l यस्तो अवस्थामा हुने बैदेशिक हस्तक्षेपले नेपाल बिखन्डन हुन सक्ने कुरा आमनेपाली जनताले बेलैमा थाहा पाउनु पर्ने बेला आएको छ l यसर्थ नेपालमा धार्मिक द्वन्द्व निम्त्याउनुको सट्टा राष्ट्रिय स्वाधिनताको आन्दोलन चलाउनु पहिलो आवस्यकता रहेको छ l जब रास्ट्र र रास्ट्रियता जोगिन्छ, तब मात्र जात, धर्म लगायतका लागी संघर्ष गर्न सकिन्छ l जब रास्ट्र र रास्ट्रियता नै रहन्न, त्यतिबेला शरणार्थी बनेर दोश्रो दर्जाको नागरिकका हैसियतमा आफ्नो अधिकारका लागि लड्न सकिन्न l तसर्थ नेपाल आमा माथि हुन लागेको चौतर्फी हमलाका बिरुद्ध रास्ट्रीय स्वाधिनताको आन्दोलन तिब्र पार्नु पर्छ l

यस रास्ट्रीय स्वाधिनताको आन्दोलनले देशी तथा बिदेशी दलालहरुलाई परास्त गर्नेछ l त्यसका लागि हरेक पार्टी समूहमा रहेका रास्ट्रवादी र देशभक्तहरु कम्मर कसेर अगाडी आउने बेला भएको छ l आबस्यक परे जुनसुकै खालको संघर्ष गर्न नेपाली जनताले तयारीको लागि ढिला गर्न नहुने अबस्था रहेको छ l

 


(२०७५ पुष ८, आईतवार) ०८:३४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro