‘एमाले’हरु भीडन्तमा, ‘माओवादी’ जति रमितेको भीडमा : यस्तै छ सत्तारुढ नेकपामा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष ८, आईतवार) ०५:३४

जब बामदेव गौतमले स्थायी कमिटीको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका एकल अध्यक्षात्मक प्रणालीका लागि लिखित प्रस्ताव प्रस्तुत गर्न थाले, अध्यक्ष केपी शर्मा ओली पक्षधरबाहेकले ‘चुँ’ पनि बोलेनन् । गौतमको प्रष्ट प्रस्ताव थियो,‘पार्टीको जिम्मा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र दिनुपर्छ ।’

तत्कालिन एमालेको महाधिवेशनका बेला ओलीलाई सघाएका गौतमको यो प्रस्तावविरुद्ध प्रचण्ड र उनका पक्षधरले बोल्ने कुरै भएन । तर, स्थायी कमिटीमा रहेका तत्कालिन एमालेका वरिष्ठहरू पनि मौन बसे । एक नेता भन्छन्,‘सबैका मनमा कि अध्यक्ष कि प्रधानमन्त्री बन्छु भन्ने महत्वकांक्षाको ललिपपले काम गरिरहेको थियो ।’

यो समस्यामा प्रचण्डको रणनीतिक चातुर्यताले काम गरेको छ । पार्टी एकीकरणपछि गुट अदलबदल भए पनि त्यसको प्रभाव पूर्वएमालेमा मात्र देखिएको छ, पूर्वमाओवादी भने एक ढिक्का छ ।

स्थायी कमिटी बैठकमा विचारभित्र मत विभेद कायम छ । संगठनात्मक संरचनाको विषयमा त अझ ठूलो लडाई नै सुरु भएको छ । यो समस्यामा प्रचण्डको रणनीतिक चातुर्यताले काम गरेको छ । पार्टी एकीकरणपछि गुट अदलबदल भए पनि त्यसको प्रभाव पूर्वएमालेमा मात्र देखिएको छ, पूर्वमाओवादी भने एक ढिक्का छ ।

‘माओवादी कुनै पनि हिसाबमा प्रचण्डलाई सुप्रिम पदमा देख्न चहान्छन् । त्यसकारण उनले खेलाएको पूर्वएमालेभित्र अन्तर विरोध कायम गरेर रमिते बढाएका छन्’, स्रोतले भन्यो ।

त्यसो त एमालेभित्र आजदेखिको यो अन्तरविरोध कायम गरिएको थिएन । एकीकरण भएका दिनदेखि नै कायम थियो । त्यसबेला ओली –प्रचण्डको घाँटी जोडिएको आलो समय थियो । तर, जति–जति समयले कोल्टे फेरिरहेको छ, ओली त्यति कमजोर बनाउने खेलले पनि तिव्रता पाएको बुझाई कम्युनिस्टहरूले पनि बुझेका छन् ।

यसको तिव्र प्रभाव सचिवालयको बैठक बालुवाटारमा डाकेका दिन ओली र प्रचण्ड ढिलो पुग्ने विषयसँग जोडिन्छ । खासगरी, प्रचण्डले नै पूर्वमाओवादीका एक जना बिरामी नेतालाई भेट्न बाध्य पारेका थिए, जसका कारण बालुवाटारमा आउन ढिला भयो । त्यहि मौकालाई पूर्वएमाले भिड्ने भिडाउने सुपथ अवसर मिल्यो, प्रचण्डका लागि ।

बालुवाटारबाट बैठक छाडेर हिँड्नेमा पनि एमालेका नेता धेरै थिए । खासगरी ओलीइतरका माधवकुमार नेपाल, झलनाथ खनालले बैठक छाड्नुले तात्विक अर्थ राख्दैन थियो । त्यो भन्दा पनि उग्र बनिदिए बामदेव गौतम र नारायणकाजी श्रेष्ठ । त्यसको रमिते प्रचण्ड बनिसकेका छन् । र, स्थायी कमिटीमा रहेका पूर्व माओवादीहरू पनि । बालुवाटार स्रोतले भन्यो,‘अहिले आफ्नाले नै ओलीलाई घेराबन्दीमा पारेका छन् । एकता प्रक्रिया दाँतमा ढुंगो लागे जस्तो पनि देखिन्छ । यसको व्यवस्थापनमा निक्कै कठिनाई छ ।’

कतिपय पूर्व एमाले कार्यकर्ताले माओवादीसँगको एकीकरणलाई समुद्रमा खोला नभई, खोलाले समुद्रलाई निलेको टिप्पणी पनि गर्न थालेका छन् । र, यसको दोष ओलीलाई नै दिन थालेका छन् । ‘अहिले उहाँ आफैं कमजोर बन्न थाल्नु भएको छ, यसको कारक पनि उहाँ नै हो । माओवादीसँग गठजोडसम्म ठिक थियो । तर, स्थिरता चाहने उहाँको सोचले आफ्नै राजनीतिमात्र होइन, १० औं लाख कार्यकर्ताको राजनीतिक जीवन पनि अस्थिरतामा धकेलिएको छ ।’

ओलीलाई कमजोर बनाउन छिमेकी मुलुक भारतको कुटनीतिक प्रभावले पनि काम गरेको छ । भारतीय संस्थापन ओलीलाई नेतृत्वबाट हटाएर प्रचण्डलाई सर्वोच्च जिम्मेवारीमा राख्न चहान्छ । भारतीय गुप्तचर विभागका कर्मचारी र नरेन्द्र मोदी प्रशासनले ओली सरकारको समर्थन फिर्ता लिई, प्रचण्डले त्यसबेला तिरेको गुणको बदला गुण तिर्नका लागि पूर्वएमाले भित्रका अन्य नेतालाई पनि प्रचण्डलाई नै सघाउन प्रत्यक्ष र परोक्ष दबाब दिइरहेको स्रोतले बतायो ।

यता, ओलीले विश्वास गरेको सचिवालयका केही व्यक्तिको चरित्र र दम्भले पनि उनको सम्बन्धको सामन्जस्य बनिरहेको छैन । साभार दैनिक नेपाल

 

 

 

 

 

 

 

 

 


(२०७५ पुष ८, आईतवार) ०५:३४ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro