कन्चनपुरमा चाउमीन खाँदा एकै घरका दुई बालकको मृत्यु

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ पुष १, आईतवार) १५:१८

कन्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालक १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनारको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ ।

बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्‍याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा  बाटोमै दुवै जनाको मृत्यु भएको हो ।”

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । जेठो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए ।

दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएपछि इप्रका झलारीले जेठो बुबा लक्षी सुनार र जेठी आमा सीता सुनारलाई पक्राउ गरेको छ ।

दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अहिले खुल्न सकेको छैन ।


(२०७५ पुष १, आईतवार) १५:१८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई सञ्चालन गर्न पोखरा.....

बैंक तथा बित्तिय संस्थाको मारमा किसानहरु !

दिनह हरेक पत्रपत्रिकामा पढ्ने गरिन्छ काला अक्षरमा प्रकाशित सुचनाहरु । फलानो ब्यत्ती, डिस्कानो जवानी र उनिहरुको कर्जा चुत्ता, भुत्तान गर्न आउने जारी सुचना अर्थात चल अचल सम्पत्ती लिलामी.....

अनियमितता गरेको भन्दै आफैंले छानविन गरिरहेकै व्यक्ति पोखरा महानगरको सहकारी विभाग प्रमुख नियुक्त

ब्यापक अनियमितता भएको भन्दै आफैले छानबिन गरिरहेका सत्तारुढ नेकपाका नेतालाई पोखरा महानगरपालिकाले सहकारी विभाग प्रमुख बनाएको खुलासा भएको छ। हाल अख्तियार दुरुपयोग अनुसन्धानको पोखरा.....

Exchange Rate

Nepali Patro