नेपाली सेनामा विभेद : पहुँचवालाले नियम तोडे अवसर, सानालाई सिधै बर्खास्ती

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ मंसिर २४, सोमबार) ०८:०५

नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ ।

तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा पनि कारबाही नहुने गरेको स्थिती सेनाभित्र रहेको हो ।

नेपाली सेनाले केही दिनअघिमात्र तीन अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको थियो । त्यसमा दोषीहरुबाट करिब साढे ३ करोड बिगो उठाउने निर्णय भएको थियो । कोर्ट इन्क्वायरीको सिफारिससँगै उपरथीको अध्यक्षतामा बनेको जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल) मार्फत गरिएको कारबाहीमा पनि ठूला र पहुँचवालालाई जोगाइएको समाचारमा जनाइएको छ ।

भर्ना छनोट समितिमा तत्कालीन समयमा सहायक रथी टेकबहादुर सिंह थिए । उनले केही समयअघि मात्र अवकाश पाएका छन् । सेनाले उनीमाथि गम्भीर छानबिन गरेर कारबाही गरेको पाइएको छैन । भर्नाका क्रममा ३ करोडसम्मको अनियमितता हुँदा तल्लो तहबाट मात्रै सम्भव हुने नदेखिए पनि सेनाले माथिल्लो तहका अधिकारीमाथि आवश्यक छानबिन र कारबाही गरेको छैन ।

नियमविपरीत भर्ना भएको आरोपमा सेनाले १०१ जना सैनिक जवानलाई केही दिनअघि बर्खास्त ग¥यो । तर, उनीहरुलाई भर्ना गर्ने प्रक्रियामा सहभागी कुनै पनि उच्च अधिकारीमाथि कारबाही भएन ।
सैन्य स्रोतका अनुसार भर्नाका क्रममा प्राविधिकतर्फका एक महासेनानी र दुई प्रमुख सेनानीलाई पनि सचेत मात्र गराएर छाडिएको छ । मेडिकलतर्फका ती तीन सैनिक अधिकारीले भर्नाका क्रममा उचाइ, छाती तथा तौल नपुगेकालाई पुगेको लगायत स्वास्थ्यसँग सम्बन्धित नियमविपरीतका कार्यलाई पनि स्वीकृति दिएका थिए ।

गत २०७३ देखि २०७५ सम्म सेनाको विभिन्न पदको भर्नामा अनियमितता गरेको आरोपमा सेनाले दुई अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि तीन वर्ष कैद गरी बर्खास्त गर्ने फैसला गरेको थियो । दुई अन्य दर्जाकालाई ६ वर्ष कैद र बर्खास्त र एक अधिकृतसहित तीन जनालाई बर्खास्त गर्ने फैसला भएको थियो ।

त्यस्तै, एक अधिकृतसहित दुई जनालाई जरिमाना र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त तथा अन्य दर्जाको एक जनालाई सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको थियो ।
त्यस्तै, अन्य दर्जाका एक जनालाई जरिमानासहित चार वर्ष बढुवा रोक्का, पाँच अन्य दर्जालाई दुईदेखि पाँच वर्ष बढुवा रोक्का र भर्ना मापदण्डविपरीत भर्ती भएका १०१ अन्य दर्जालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको थियो । ३७ अन्य दर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकाले तीन वर्ष बढुवा रोक्का गरिएको छ ।

सैनिक ऐनअनुसार आफ्नो पदीय दायित्व पूरा नगर्ने १६ अधिकृतसहित १७ जनालाई सचेत गराइएको र सेवारत एक अन्य दर्जालाई भर्ना भएको दर्जाबाट घटुवा गरी पहिलाकै दर्जा कायम गरिएको जंगी अड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने छानबिन र कारबाही प्रक्रिया सैनिक ऐन र नियमावलीअनुसार नै भएको बताए । उनले कारबाहीमा कसैलाई चित्त नबुझे पुनरावेदन गर्न सकिनेसमेत बताए ।
सैनिक सेवा नियमावली २०६९ को दफा ८ मा सेनामा रिक्त पदहरुमा छनोट गरी नियुक्ति गर्न भर्ना छनोट निर्देशनालयका निर्देशक सदस्य सचिव रहने गरी लोकसेवा आयोगको अध्यक्ष वा आयोगले तोकेको सदस्यको अध्यक्षता रहने गरी मन्त्रालयको सचिव वा उसले तोकेको व्यक्ति, कार्यरथी, प्रधानसेनापतिले तोकेको सम्बन्धित विषयको विशेषज्ञ एक जना गरेर तीन जना सदस्य रहने व्यवस्था छ ।
तर, भर्नामा भएको भ्रष्टाचार अनियमिततामा माथिल्ला अधिकारीलाई चोख्याएर तल्ला तहकालाई जेल सजाय, बर्खास्त र जरिमाना गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।


(२०७५ मंसिर २४, सोमबार) ०८:०५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई.....

Exchange Rate

Nepali Patro