अर्बौ पर्ने बिद्यालयको जग्गामा वडाध्यक्षको आँखा, संरक्षक रहने वडाध्यक्ष आफैं बने ब्यबस्थापन समितिको अध्यक्ष

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ मंसिर २३, आईतवार) १५:५३

पोखरा महानगरपालिकाको ३३ नम्बर वडामा पतंजलीलाई आफ्नो ध्यान केन्द्र बनाउन बिद्यालयको जग्गा दिन केन्द्रसम्मको चलखेल शुरु हुन् थालेको छ ।

पोखरा महानगरपालिकाको ३३ नम्बर वडामा पर्ने श्री शान्ति उदय उच्च माध्यामिक बिद्यालयको नाममा रहेको झन्डै १०० रोपनी भन्दा बढीको जग्गा यतिबेला भारतीय कम्पनी पतंजली आयुर्वेद लिमिटेडलाई दिन केन्द्र देखिकै चलखेलमा ३३ नम्बरका वडा अध्यक्ष शिव प्रसाद आचार्य बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बनेका छन ।

वडा अध्यक्षनै व्यवस्थापन समितिको अध्यक्ष बनेपछी त्यसको बिरोधमा अन्य वडाध्यक्षहरु समेत उत्रिन थालेका छन् भने २१ नम्बरका वडा अध्यक्ष खगराज आचार्यले त सार्वजनिक रुपमै त्यसको कडा प्रतिवाद गर्दै सामाजिक संजाल फेसबुकमै बिरोध गरेका छन् ।

यस विद्यालयको जग्गा प्राकृतिक दृश्यावलोकनको हिसावले सराङ्गकोटसंग तुलना गर्न सकिन्छ भने बन्दै गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल देखी छोटो दुरीमा रहेको यस भूभाग पर्यटनका दृष्टिकोणले समेत एक अमुल्य निधि हो । त्यसै त सुन्दर र मनोरम पोखरा, त्यसको मुटुमा अवस्थित थुमाको डांडामा उत्तरपट्टि हिम शृंखला, सुन्दर पोखरा नगरी फेवा बेगननास जस्ता सुन्दर तालहरुको र गण्डकी नदीको समेत दृश्यावलोकन गर्न सकिन्छ त्यसैले पनि उक्त रमणीय जग्गामा भारतीय कम्पनी पतंजली आयुर्बेदले आँखा लगाउनु स्वाभाविक हो

वर्तमान परिपेक्षमा समग्र देशमै राज्यका सार्वजनिक जग्गाहरु बिद्यालयका जग्गाहरु गुठीका जग्गाहरुमा माफियाका आँखा परिरहेका छन् ।

यसैको एउटा शुरुवात हुनसक्छ वडाध्यक्ष बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु नियमत वडाध्यक्ष आफैमा पनि बिद्यालयको संरक्षक हुन्छन । त्यसमा पनि बिद्यालयका सबै क्रियाकलाप वडाध्यक्षको मातहातमा हुने गर्दछ अनि सबै कामको जिम्मेवारी र अधिकार वडाध्यक्षको हुन्छ तर सबै काम भने वडाध्यक्षले गर्न मिल्दैन त्यसैले श्री शान्ति उदय उमाबिको वडाध्यक्ष बहुमत पुर्याएर आफै व्यवस्थापन समतिको समेत सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

को हुन् वडाध्यक्ष शिव प्रसाद आचार्य

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य जसको दबदबा अहिले वडामा मात्र नभई पुरै महानगरपालिकामा छ वर्तमान सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारीका एकमात्र बिश्वास पात्र हुन ।

दोश्रो संबिधानसभाको चुनावताका रबिन्द्र अधिकारीको बिश्वासपात्र बनेका त्यसपछि तत्कालिन एमालेको सक्रिय राजनीतिमा लागेका ब्याक्ति हुन् ।

आचार्य घर जग्गा कारोबारी हुन् । जग्गा कारोबारबाट नै आर्थिक उपार्जन गरेका उनी पैसाकै बलमा वडाध्यक्षको टिकट पाएका थिए ।

उनले आफ्नो पेशा त छोडेका छैनन् मन्त्रीको शक्तिको आडमा महानगरबाट धेरै बजेट ल्याएर कम खर्च गर्नेमा समेत पहिलो नम्बरमा पर्छन कहिले अवैध रुपमा क्रसर संचालनको अनुमति दिएर बिबादमा तानीए पछी महानगरका मेयर मान बहादुर जिसीले मुद्दालाई सल्टाएका थिए ।

अनेक बिबादित काम र निर्णयमा उनको नाम पटकपटक मुछिने गरेका उनी महानगरकै बिबादित र कम कार्यक्षमता भएका कमजोर वडाध्यक्ष हुन् भन्दा फरक प्रदैन ।

त्यसो त हाल नेपाल सरकारका पर्यटन तथा नागरीक उड्यन मन्त्री रबिन्द्र अधिकारी सोहि बिद्यालयका भूतपूर्व बिधार्थी समेत हुन् उक्त रमणीय र ऐतिहासिक ठाउँमा पर्यटन विश्व बिद्यालय र पर्यटनकै विधामा कयौ राष्ट्र हितका काम हरु तथा नीति बनाउन सकिने ठाँउमा एक बिदेशी नाफामुलक कम्पनीलाई दिन खोज्नुले आफैमा पनि गम्भीर षड्यन्त्रको आभास भएको स्थानीय जानकारहरु बताउन थालेका छन् ।

बिदेशी कम्पनीलाई दिने सबै निर्णय त सार्वजनिक भैसकेका छैनन् तर शिक्षाको थलोमा कसैको प्रलोभनमा परी ब्यापार गर्न खोजे त्यसको कडा प्रतिवाद गरीने स्थानीयको भनाई छ ।

साभार सुनौलो नेपाल


(२०७५ मंसिर २३, आईतवार) १५:५३ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro