पाटीभित्र प्रम ओली अल्पमतमा, सरकारको नेतृत्व फेरिने संकेत

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ मंसिर १६, आईतवार) ०९:५८

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ओली हाबी भए पनि यतिबेला प्रधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा परेको देखिएको छ।

नेपालका अनुसार, ओली अल्पमतमा परेकै कारण विधानअनुसार बस्नुपर्ने स्थायी र केन्द्रीय समिति बैठक नबसेको नेपाल साप्ताहिकले छापेको छ  ।

नेपाल लेख्छ– सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र हावी भएका ओली पाटीमा भने अल्पमतमा मात्र परेका छैनन्, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहभन्दा पनि कमजोर छन् । ४५ सदस्यीय स्थायी समितिमा प्रचण्डको पक्षमा २१, नेपाल पक्षमा १२ र ओली समूहमा मात्रै ११ सदस्य छन् । वरिष्ठ नेता झलनाथ खनाल एक्लै छन् ।

रिपोर्टअनुसार, एकतापछि प्रचण्डले तत्कालीन एमालेका दुई नेता आफ्नो समूहमा भित्र्याउन सफल भएका छन् । नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल प्रचण्ड समूहमा मिसिएको नेपालको दाबी छ । नेकपाभित्र प्रचण्ड र नेपाल समूह एकजुट भए पार्टी नेतृत्वबाट ओली पन्छाइन सक्ने विश्लेषसमेत नेपालले निकालेको छ ।

‘स्थायी समिति र केन्द्रीय कमिटीलाई निकम्मा बनाएर नेकपाको ९ सदस्यीय सचिवालयलाई सर्वेसर्वा बनाउन खोजिए पनि ओलीको बहुमत छैन’, नेपाल साप्ताहिकले आफ्नो रिपोर्टमा लेखेको छ, ‘स्थायी समितिमा मात्र होइन, प्रधानमन्त्री ओली नेकपा सचिवालयमा समेत अल्पमतमा परेका छन् । उनको पक्षमा अहिले रक्षामन्त्री ईश्वर पोखरेल मात्र छन् ।’


(२०७५ मंसिर १६, आईतवार) ०९:५८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना