नेपाल वायुसेवा निगमलाई धक्का, नेपाली एयरलाइन्सलाई युरोपमा प्रतिवन्ध कायमै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ मंसिर १५, शनिबार) ०२:२२

युरोपेली युनियन ईयूले शुक्रबार निकालेको कालोसूचीमा नेपाल एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन् । यसका कारण नेपाली एयरलाइन्सहरुले युरोपेली युनियनमा अावद्ध २८ मुलुकका आकाशमा प्रवेश पाउँदैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति पत्र (एओसी) जारी गरेका सबै नेपाली सबै विमान कम्पनीलाई ईयुले कालोसूचीमा राखेको हो । नेपालममा एओसी वितरण सही तरिकाले नहुने ईयूको बुझाई छ ।

नेपालमा हवाई सुरक्षाको अवस्था पाँच वर्ष अघिकै अवस्थामा रहेको ईयूको निष्कर्ष छ । र, यसमा कुनै सुधार नभएको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको हो ।

हवाई क्षेत्रमा भएको कमजोर भौतिक संरचना र फितलो कानुनका कारण यस वर्ष पनि ईयूको कालोसूचीमा परेको जानकारहरु बताउँछन् । साथै ईयूले नेपाललाई प्राधिकरणलाई सेवा प्रदायकबाट अलग बनाएर नियामक निकायको रुपमा मात्रै राख्नुपर्ने बताइरहँदा त्यसका लागि ऐन बनाउने प्रक्रिया भर्खरै अघि बढेको छ । अहिले प्राधिकरण आफैंले सेवा पनि दिन्छ र नियमन पनि गर्छ ।

त्यस्तै विभिन्न विमानस्थलको निर्माण प्रक्रिया अघि बढाए पनि सहि ढङ्गले अघि बढ्न सकेको छैन । कमजोर भौतिक संरचना भएपनि प्राधिकरणले नयाँ विमान कम्पनीहरुलाई उडान अनुमति दिन भने छाडेको छैन । जसका कारण त्रिभुवन विमानस्थलको आकाश र मैदान दुबैमा जहाज होल्डिङ हुने समस्या छ । यिनै कारण उडान अनुमतिपत्र जारी भएका सबै बिमान कम्पनीलाई ईयूले कालोसूचीमा राखेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को गम्भिर सुरक्षा चासो (एसएससी)बाट भने नेपाल गत वर्षको ६ साउनमै नेपाल हटिसकेको छ ।वसको प्रमाणपत्र मन्त्री रविन्द्र अधीकारीले बुझिसकेका छन् ।

आईकाओको एसएससीकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । तर, ईयूले आईकाओले कालोसूचीबाट हटाएकै भरमा नेपालका विमान कम्पनीलाई कालोसूचीबाट हटाएको छैन ।

यस अघि नेपाली उड्डयन अधिकारीहरुको युरोपेली युनियन ईयूले यो वर्ष नेपालका विमान कम्पनीहरुलाई कालो सूचीबाट हट्ने दाबी गर्दै आएका थिए । यसले भर्खरै मात्रै दुई वटा वाइडबडी भित्र्याएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको युरोप उडानको योजना तत्काललाई टरेको छ ।

 


(२०७५ मंसिर १५, शनिबार) ०२:२२ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro