एकअर्कालाई दलाल भन्दै निधि र रावल बालुवाटारमा भिडे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १४, मंगलवार) १५:३२

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री भीमबहादुर रावलबीच प्रधानमन्त्री निवास बालुटारमै मुख छाडाछाड भएको छ ।  बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा उनीहरु एकअर्कालाई दलालको संज्ञा दिँदै भिडेका हुन् । बैठकमा गृहमन्त्री निधिले तल्लोस्तरमा झरेर रावललाई पश्चिमा मुलुकको दलाल भनेपछि विवाद तँ तँ र म म सम्म पुगेको हो ।

निधिले आफूलाई पश्चिमा मुलुकको दलालको संज्ञा दिएपछि रावलले पनि तत्कालै प्रतिवाद गर्दै उनलाई भारतीय दलालको संज्ञा दिन भ्याए ।

स्रोतका अनुसार निधिले प्रमाणै रहेको कुरा गरेपछि नेता रावल आफू बसेको स्थानबाट उठेर निधितर्फ अघि बढेका थिए । रावल उठेपछि निधि पनि सुर्रिँदै  रावलतर्फ अघि बढे । 

संविधान कार्यान्वयन र बजेट पारित गर्ने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा तीन दलको बैठक डाकेका थिए ।  उपप्रधानमन्त्री समेत रहेका निधि कांग्रेसको प्रतिनिधित्व गर्दै बालुवाटार पुगेका थिए ।  एमालेको प्रतिनिधित्व रावलले गरेका थिए ।

बैठकका क्रममा उपाध्यक्ष रावलले नेपालको स‌ंविधान संशोधनबारे निधिले भारतमा गएर त्यहाँका नेताहरुसँग छलफल गरेको प्रसंग  कोट्याएका थिए । त्यहाँ उपस्थित एक नेताका अनुसार, भारतमा नेपालको संविधान स‌ंशोधनबारे भएको छलफलबारे काठमाडौंस्थित भारतीय दूतावासले त्यो बेला निकालेको विज्ञप्ती रावलले पढ्नै लाग्दा निधिले आक्रोशित हुँदै रावललाई “पश्चिमा मुलुकको दलाल“को संज्ञा दिएका थिए ।

जब रावलले सरकार र निधिमाथि निशाना साँधे तब निधि आक्रोशित भए । ‘तपाईँलाई पनि विदेशीले लगानी गरेका छन्, किन ठुला कुरा गर्नु पर्यो ?’ निधिले रावलमाथि निशाना साँधे ।

स्रोतका अनुसार रावलले नेपालको संविधान संशोधनबारे भारतीय नेताहरुसँग गरिएको कुराबारेमा आलोचनात्मक टिप्पणी गरेका थिए । जब रावलले सरकार र निधिमाथि निशाना साँधे तब निधि आक्रोशित भए । ‘तपाईँलाई पनि विदेशीले लगानी गरेका छन्, किन ठुला कुरा गर्नु पर्यो ?’ निधिले रावलमाथि निशाना साँधे ।

तत्कालै एमाले उपाध्यक्ष रावलले जिम्मेवार भएर बोल्न सुझाउँदै जबाफ दिइहाले । ‘जिम्मेवार ठाउँमा बसेको ब्यक्ति जिम्मेवार हुनुपर्दछ । मलाई कुन् शक्ति र विदेशीले लगानी गरेको छ ? प्रमाण देखाउनुस्’, रावलले आक्रमक बन्दै निधिलाई चुनौती दिए ।

रावलको चुनौतीलाई स्वीकारेर तत्कालै निधिले उनीमाथि विदेशीले लगानी गरेको प्रमाण आफूसँग रहेको दाबी गरे । स्रोतका अनुसार निधिले प्रमाणै रहेको कुरा गरेपछि नेता रावल आफू बसेको स्थानबाट उठेर निधितर्फ अघि बढेका थिए । रावल उठेपछि निधि पनि सुर्रिँदै निधितर्फ अघि बढे ।

दुई नेता भिड्ने सुरका साथ अघि बढेपछि प्रधानमन्त्री निवासमै कुटाकुटको अवस्था आयो‘, एक नेताले भने, ‘प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले दुबैलाई नरोकेको भए त्यहाँ हात हालाहाल हुन्थ्यो ।’

रावलले बैठकमा नयाँदिल्लीस्थित नेपाली दूतावासको विज्ञप्ती र निधिले संसदमा दिएको जवाफ एकापसमा बाझिएको बताएपछि निधि आक्रमक भएको स्रोतको दाबी छ ।

‘दुई नेता भिड्ने सुरका साथ अघि बढेपछि प्रधानमन्त्री निवासमै कुटाकुटको अवस्था आयो’, एक नेताले भने, ‘प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले दुबैलाई नरोकेको भए त्यहाँ हात हालाहाल हुन्थ्यो ।’

सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुबीच विवाद भएपछि स‌ंविधानमा सहमति र बजेट पारित गर्ने विषयमा बैठक निष्कर्शबिहीन भयो ।

निधिसँग भनाभन भएपछि एमाले नेताहरु बैठक छोडेर बाहिरिए थिए । प्रधानमन्त्री प्रचण्डले निधिले पदीय मर्यादा भुलेर गल्ती गरेको बताउँदा पनि एमाले नेताहरु बीचैमा बैठक छाडेर बाहिरिएका थिए ।


(२०७३ भाद्र १४, मंगलवार) १५:३२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना