मन्त्रीले चार्टर गरेको हेलिकोप्टर अवतरण हुँदा ९० वर्षीय वृद्ध घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १४, मंगलवार) १४:३९

काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्ले गोर्खाको भवन उद्घाटन गर्न वाणिज्य मन्त्री रोमी गौचनले चार्टर गरेको हेलिकोप्टर अवतरण हुदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले-९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ ।

गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे ।

अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’

मन्त्रीले उद्घाटन गरेको विद्यालयको १२ कोठे भवन कोरियाका चार संस्थाले निर्माण गरेका हुन् । हाम्सालिङ साउथ कोरिया, सोलिडारिटी ह्युमन राइट एण्ड कल्चर, भिजन २०–२० कोरिया लगायतका संस्थालाई सोड नेपाल नामक संस्थाले संयोजन गरेको हो । भिजन २०–२० नामक संस्थाले विद्यालयलाई २० वटा कम्प्युटर हस्तान्तरण गरेको छ ।


(२०७३ भाद्र १४, मंगलवार) १४:३९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कालापानी मिचिएको बिषयमा सर्वोच्च अदालतद्वारा सरकारसंग लिखित जवाफ माग

नेपाली भुमी कालापानी मिचिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न नेपाल सरकार लगायत विपक्षीहरुलाई भनेको हो.....

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

Exchange Rate

Nepali Patro