काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ मंसिर ५, बुधबार) ०८:२१

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा सत्तारुढ दल अलमलमा देखिएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्”का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समय देशको अवस्थालाई कसरी हेर्नुभएको छ ?
हाम्रो देश परिवर्तनको प्रवाहमा छ । सामान्तवादको हजारौँ वर्षको युग र राजतन्त्रको युगबाट मुक्त भएर लोकतान्त्रिक युगमा प्रवेश गरेका छौँ । अहिले कम्युनिष्ट पार्टीको सरकार छ । तर यो सरकारले सात महिनाको अवधिमा उल्लेखनीय काम गर्न सकेन ।

सरकारको कामबारे पार्टीभित्र छलफल हुँदैन ?
नियमित रुपमा पार्टीको सचिवालय बैठक बस्ने सकेको छैन । स्थायी कमिटी र केन्द्रिय कमिटिको बैठक पनि नियमित बस्न सकेको छैन । संविधानले भनेअनुसारको समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा पार्टीभित्र गम्भीर बहस हुन सकेको छैन । सृजनात्मक रुपमा नयाँ काम सुरु हुन सकेन ।

पार्टी एकीकरण प्रक्रिया पनि टुङ्ग्याउन सक्नुभएन नि ?
केही समय पार्टी एकीकरण प्रक्रियाले व्यस्त भयौँ । तर एकीकरण टुप्पोमा मात्रै भएको छ । तल्लो तहमा अझै हुन सकेको छैन । तल्लो तहको कमिटिहरु विघटन गर्ने काम ब्लण्डर मिस्टेक हो । अहिलेसम्म पनि ति कमिटिहरुमा एकीकरण गर्न सकिएको छैन । तल्लो तहसम्म नीति, योजना र भिजन दिन सकिएको छैन । एकीकरणपछि माथिल्लो तह पनि प्रभावकारी हुन सकेको छैन । आवश्यक रुपमा बैठकहरु बस्न सकेको छैन ।

तपाईहरुलाई जनताले विश्वास गरेर मत दिए । तर सत्तारुढ दल र सरकार किन जिम्मेवार बन्न सकेन ?
पार्टीको बैठक र बहसहरु नहुने, सरकार आफ्नै ढंगले चल्ने प्रवृत्तिले काम हुन नसकेको हो । सरकारको गति र प्रभावकारिता कमजोर देखिएको छ ।

नेकपाभित्र नेताहरुको गुटका कारण पनि पार्टी र सरकार कमजोर भयो भन्ने टिप्पणी छ नि ?
विगतमा नेकपा एमाले र माओवादीका गुटहरु अहिले कायम छैनन् । विगतका गुटहरु अहिले ब्ल्कमा रुपान्तरण भएका छन् । ब्ल्कहरुलाई पनि विलिन बनाएर एकढिक्का बनाएर लैजानुपर्छ ।

तपाईहरु आफैँ गुट चलाउनुहुन्छ । कसरी एकढिक्का बन्छ ?
मैले सबै नेताहरुलाई के भनिरहेको छु भने, गुट छोड्नुहोस् । गुटगत राजनीति गर्नु भनेको अपराध हो । पार्टीलाई विभाजित गर्ने, फुटाउने र पार्टीलाई बर्बाद गर्ने काम हो । त्यसैले यस्तो काम बन्द गर्नुहोस् । यद्यपी अहिले पनि ९० प्रतिशत कार्यकर्ता गुटको विरुद्धमा छन् । तर नेताहरु नै गुटको विरुद्धमा लाग्न सकेका छैनन् । अहिले पनि पार्टी एकीकृत भइसकेको छैन । नयाँ कम्युनिष्ट पार्टीभित्र गुटबन्दी रहनुहुँदैन भन्ने मेरो चाहना हो । जसले गुटगत राजनीति गर्छ त्यो अपराधी हो ।

तपाईको पनि त गुट होला नि ?
चाह्यो भने पार्टीभित्र जसले पनि गुट बनाउन सक्छ । म पनि गुट बनाउनबाट पछि पर्नुपर्छ भन्ने लाग्दैन । तर मेरो सबैलाई अपिल छ, गुटगत राजनीति नगरौँ । यतिमात्रै होइन, आफ्ना एसम्यान र हनुमानहरुलाई नियुक्ती नगरौँ । सरकारले निर्णय र नियुक्ति गर्दा पार्टीभित्र सल्लाह गरेर, कमिटिहरुले निर्णय गरेर मात्रै गर्नुपर्छ । आफूखुशी गर्दै जाने हो भने २–४ दिनको रमाइलो मात्रै हुन्छ ।

तर पार्टीभित्रैका विभिन्न पदहरुमा पनि गुटगतरुपमा जिम्मेवारी दिइएको छ नि ?
प्रदेश कमिटिहरु अझै बनेको छैन । तर अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज र सचिव तोकिएको हो । ति पदहरुमा दिइएको जिम्मेवारीमा बहस र विवाद कायमै छ । मुख्यमन्त्रीहरुलाई नै प्रदेश कमिटिको प्रमुख बनाउँनुहुँदैन भन्ने विचार आएको छ । यसमा मेरो पनि विचार मिलेको छ । यसबारे टुङ्ग्याउन बाँकी नै छ ।

दुई तिहाई बहुमतको समर्थन पाएको सरकार छ । केपी ओली शक्तिशाली प्रधानमन्त्री बनेको ९ महिना हुन लागिसक्यो । उहाँले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास छ ?
केपी ओली प्रधानमन्त्री भए पनि वा अरु भए पनि गर्नुपर्ने काम एउटै हो । गर्छु भनेर प्रतिवद्धता जनाएका कामहरु गर्न सके मात्रै हामी संविधानलाई कार्यान्वयन गर्न सक्छौँ । काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? कुनै कुर्सीमा बस्दा त्यो कुर्सीले बताएको दायित्व पूरा गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? यो त सबैले उठाउने प्रश्न हो ।

प्रभावकारी रुपमा काम गर्न सक्नुभएन भने प्रधानमन्त्री ओलीले कुर्सी छोड्नुपर्छ भन्ने तपाईको निष्कर्ष हो ?
मलाई के मात्रै भन्न मन लागेको छ भने हरेक व्यक्तिले पदमा बसिसकेपछि निश्चित दायित्व पूरा गर्नसक्नुपर्छ । दायित्व र जिम्मेवारी बहन गर्न सकिदैन भने त कुर्सी छोड्नैपर्छ । म ओलीलाई सफल हुनका लागि, लोकप्रिय प्रधानमन्त्री बन्नका लागि शुभकामना दिन्छु । मैले अझै पनि प्रधानमन्त्री ओलीबाट आशा गरेको छु । उहाँ सफल भए हामी सबै सफल हुन्छौँ । उहाँ हामी सबै चढेको जहाजको सारथी हो । तर उहाँले जहाजमा प्वाल पारिदिनुभयो भने हामी सबै डुब्छौँ ।

तर ओली असफल भए आफ्नो पालो आउँछ भन्ने आश त तपाईहरुमा पनि होला नि ?
यो त परम्परावादी कुरा भयो ।


(२०७५ मंसिर ५, बुधबार) ०८:२१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro