सिक्कीमीकरणकाे खुलेर विरोध गराैं : प्रेम सागर पौडेल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ कार्तिक २०, मंगलवार) ०७:३३

भारतीय आप्रावासीलाई नेपालमा नागरिकता दिलाउन भारतले हरप्रयास भइरहेकाबीच नेपाल नागरिकता ऐन-२०६३ लाई संसोधन गर्न बनेको विधेयक-२०७५ माथि संसोधनको प्रस्ताव पनि भारतीय डिजाइनमा भएको खुलसा भएको छ। उक्त संसोधन विधेयक पारित भएमा नेपाल आप्रावासीहरुको मुलुक बन्ने दिशातर्फ बढ्नेमा दुविधा छैन।

सांसदद्वय प्रमोद साह र एकवाल मियाँले राज्यब्यवस्थाको समितिमा पेश गरेको सार्क राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने सहितको प्रस्ताव पारित भएमा पहाडी मुलका भारतीय नेपाली आप्रावासीसँगै तराईका नेपाली भन्दै ठूलो संख्यामा भारतीय आप्रावासीले नेपाली नागरिकता लिन सफल हुनेछन्। सांसदद्वयले भारतीय स्वार्थमा उक्त संसोधन प्रस्ताव पेश गरेको छताछुल्ल भइसकेको छ। सार्क राष्ट्रमा बसेका गैरआवासीय नेपाली भन्ने बहानामा ठूलो संख्यामा आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउने भारतीय षड्यन्त्र देखिएकोले त्यसको पछि नलाग्न र सचेत हुन समेत अनुरोध छ। जनसंख्याका हिसाबले पनि सबैभन्दा ठूलो राष्ट्र भारतको यो पछिल्लो रणनीति सफल भए नेपाललाई भारतले सजिलै फिजीकरण गर्न सक्नेछ। साथै फिजीकरण गर्नमा सफल भए पश्चात् सिक्कीमीकरण गर्ने योजना छ। उक्त बदनियतपूर्ण भारतीय षड्यन्त्रको खुलेर विरोध गर्नुपर्छ।

पश्चिमा शक्तिले नेपाललाई चीन विरोधी अखडा बनाउन भारतलाई माध्यमका रुपमा प्रयोग गरिरहेकाेछ। पश्चिमा शक्तिले भारतमा भारतीय सेनालाई तालिम दिने नाममा सिक्किम, कलकत्ता, लद्दाख लगाएतका स्थानमा अाफ्नाे वेश बनाइरहेको छ। भारतभित्रै विभिन्न संघसंस्थालाई प्रयोग गरेर उसले कमजोर बनाउने र त्यहाँका भ्रष्ट कर्मचारी राजनीतिक नेतृत्व र अन्य क्षेत्रका पदाधिकारीलाई प्रयोग गरेर नेपालमा अस्थिरता बढाउन हाैस्याइरहेकाेछ। नेपालभित्र पनि अाफ्ना अनुयायीलाई भारतविराेधी माेर्चामा उभिन लगाएर चीन विरोधी जासुसी गर्न लगाउने, देशभक्त नेपालीको लगत संकलन गर्ने र अस्थिरता उत्पन्न गराउने काम गरिरहेको छ। जसले गर्दा भारतलाई नेपालमा खेल्न र नेपाललाई कमजोर बनाउन सुरक्षित वातावरण बनिरहेको छ। अर्कोतिर भारतका अनुचरका रुपमा उदाङ्गाे भइसकेका अनुहारलाई प्रयोग गरेर संसद र सडकबाट सरकारलाई दबाब दिएर सरकारलाई कमजोर बनाउने र देशलाई अस्थिरतामा धकेलेर सिक्कीमीकरणकाे योजना सफल बनाउने उद्देश्यमा लागेको छ। यस्तो खतरनाक अवस्थामा देशका राजनीतिक नेतृत्व र जिम्मेवार पदाधिकारीले प्रकृति र संस्कृतिलाई प्राथमिकतामा राखेर देश अनि जनताको स्वार्थ सर्वाेपरी ठानेर काम गर्न अनुरोध छ।


(२०७५ कार्तिक २०, मंगलवार) ०७:३३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro