तालिबान लडाकुका ‘गडफादर’को छुरा हानि हत्या

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ कार्तिक १७, शनिबार) ०९:१९

तालिबान लडाकुको ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानको रावलपिन्डीस्थित घरमै हत्या भएको छ । रावलपिन्डीको बहरिया टाउनमा सफारी वन भिलाज इलाकामा बस्ने जमियत उलेमा ए-इस्लामकाको शाखा प्रमुख समेत रहेका उनी घरमा एक्लै भएको बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।

उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुहरुले तालिम लिएका थिए । मौलाना समी उल हकको उमेर ८० वर्ष भन्दा बढी थियो । उनी सन् १९८८ मा दारुल उलुम हक्कानियाको अध्यक्ष बने । यही मदरसाबाट हजारौं तालिबान लडाकुहरुले इस्लामी शिक्षा हासिल गरेका थिए ।

निकै प्रभावशाली मानिने धर्मगुरु मौलाना समी उल हकको हत्या निकै संवेदनशील समयमा भएको बीबीसीले लेखेको छ । ईलाई युवती आसिया बीबीलाई रिहा गरिएपछि पाकिस्तानमा धार्मिक समूहरुहरुले प्रदर्शन गर्दै आएका छन् । मौलाना समी उल हक पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले बाटो बन्द गरिदिएपछि उनी आफ्नो घरमा फर्किएका थिए ।

मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकको एक धार्मिक परिवारमा भएको थियो । राजनीतिक विश्लेषकहरुले उनलाई तालिबानको रुहानी नेताको रुपमा लिने गर्दछन् ।


(२०७५ कार्तिक १७, शनिबार) ०९:१९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro