नेकपाका केन्द्रीय नेता असल ६७ दिनको हिरासत बसाई पछी शुक्रबार रिहा

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ कार्तिक ९, शुक्रबार) १७:५५

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ ६७ दिनको हिरासत बसाई पछी शुक्रबार रिहा भएका छन् । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रकालगायत विपक्षीहरुको नाममा यही असोज १५ गते सोमबार आदेश दिएको थियो ।

यसअघि नेता खड्कालाई भदौ ५ गते काठमाडौँ जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी बुटवलको इलाका प्रहरी कार्यालय हिरासतमा राखेको थियो । उनलाई गिरफ्तार गरेको दुई दिनपछि मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो । नेता खड्कालाई बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विस्फोट गरेर क्षति र्पुयाएको झूट्टा अभियोग लगाइएको थियो ।


(२०७५ कार्तिक ९, शुक्रबार) १७:५५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro