गैंडा मारेको घटनामा चौधरी ग्रुपका ४ कर्मचारी जेल चलान

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १३, सोमबार) १८:२५

करेन्ट लागेर गैँडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले सोमबार  उक्त आदेश दिएको हो । अदालतले उक्त मुद्दामा अर्का एक जनालाई रु ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य चार जनालाई तारेखमा छाडिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिनुभयो ।

नौ जनाविरुद्ध जिल्ला अदालतमा यही भदौ ७ गते चितवन राष्ट्रिय निकुञ्जद्वारा दायर गरिएको मुद्दामा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको थियो । थुनामा जानेमा भारत केरलाका दीपु शशी, उत्तराखण्डका रितेक भट्ट तथा चितवनका सुनिल महतो र जीवन महतो छन् ।

यस्तै सो मुद्दामा सुवास गदाललाई रु ५० हजार धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी बरालले जानकारी दिनुभयो । साधारण तारेखमा छुट्नेमा विकास दराई, विरजा महतो, बुधराम चौधरी र ग्रीजलाल कछडिया छन् ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, सुशीलकुमार पन्त, अधिवक्ता विजयकान्त मैनाली, मेघराज पोखरेल र शार्दुल थापाले बहस गर्नुभएको थियो । यस्तै अधिवक्ता कमलराज पाठक, चूडामणि सापकोटा, प्रकाश थपलिया र नन्दलाल महतोले प्रतिवादीका तर्फबाट बहस गर्नुभएको थियो ।

चौधरी ग्रुपले सञ्चालन गरेको ‘होटल मेघौली सेराइ’ अगाडि यही साउन २४ गते करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । उक्त होटलका कर्मचारीको लापरबाहीका कारण करेन्ट लागेर गैँडा मरेको आरोपमा निकुञ्जले नौ कर्मचारीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो । रासस


(२०७३ भाद्र १३, सोमबार) १८:२५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।

ठगी गर्ने व्याक्तिको नाम :-दिल्ली बहादुर श्रेष्ठ अर्थात गाउघरमा काईला पनि भनिन्छ जिल्ला :- (मोरङ ) (नागरिकता नम्बर :- ३९८८-१९०७)   विगत लामो समयदेखि रोजगारीको सिलसिलामा मलेसिया पुगेर,आइस कम्पनी काम गरेको र.....

बिप्लवका नेता कार्यकर्ता खोज्न हिंडेका घुमुवा प्रहरीद्वारा बालिकामाथि हातपात गरेको आरोप, बालिका त्रशित

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न गाउँ पसेका सादा पोशाकका प्रहरीमाथि बालिकामाथि हातपात गरेको आरोप लागेको छ। नेपाल कम्युनिष्ट पार्टीका.....

अत्याधुनिक अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

अत्याधुनिक पेस्तोलसहित दुई जनालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।  हाल इलाका प्रहरी कार्यालय भण्डारा चितवनको हिरासतमा रहेका अभियुक्तहरुमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत.....

Exchange Rate

Nepali Patro